मकवानपुरमा डाइलासिस उपचार सेवामा तीव्रता « Khabarhub

मकवानपुरमा डाइलासिस उपचार सेवामा तीव्रता


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरको हेटौँडा अस्पतालअन्तर्गत डाइलासिस युनिटले उपचार सेवालाई सुविधायुक्त बनाएको छ । मिर्गौला फेल भएका बिरामीलाई सहज उपचार दिने उद्देश्यले अस्पतालले डाइलासिस सेवामा सुधार ल्याएको हो । 

दैनिक डाइलासिस सेवा लिनुपर्ने बिरामीका लागि उपचार सेवालाई सुविधायुक्त बनाइएको अस्पतालले जनाएको छ । मधेश प्रदेशको सिराहा, बारा, पर्सा तथा बागमतीको सिन्धुली र मकवानपुरका गरी कूल ६६ जना मिर्गौलाका बिरामीले अहिले दैनिक आलोपालो गरी डाइलासिस गराइरहेका अस्पतालको डाइलासिस युनिटका इन्चार्ज सिमा कँडेलले जानकारी दिए। उनका अनुसार ती बिरामीमध्ये १८ महिला छन् । 

मिर्गौला फेल भएका प्रत्येक बिरामीले हप्ताको दुई पटक अनिवार्य रुपमा चिकित्सकको परामर्श अनुसार डाइलासिस गराउनुपर्ने भएकाले बिरामीको सहजताका लागि १३ वटा डाइलासिस मेसिन सञ्चालनमा ल्याइएको कँडेलले बताए। अस्पतालमा हाल मिर्गौला रोग विशेषज्ञ चिकित्सक उपलब्ध नहुँदा डाइलासिस गराइरहेका बिरामीमा तत्कालै समस्या आउन सक्ने जोखिम रहेको उनको भनाइ थियो ।

उक्त डाइलासिस युनिटका लागि संघीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, हेटौँडा उपमहानगरपालिका, रोटरी क्लब हेटौँडा र आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरले मेसिन खरिद गरी उपलब्ध गराएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालका प्रमुख चिकित्सक डा रामचन्द्र सापकोटाले जानकारी दिए। पुराना चार मेसिन बिग्रेकाले केही दिनभित्रै प्राविधिक झिकाइ मर्मतसम्भार गरी सञ्चालनमा ल्याइने उनले बताए ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ७ : २३ बजे

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न अन्तिम पटक १५ दिन थप, अब म्याद नथपिने

काठमाडौं– काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा प्रयोगविहीन

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिँदा एकजना नेपाली र ओमानी आरोहीको परिचय खुल्यो

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

जेनेभा– फिफा विश्वकपलगायतका प्रमुख प्रतियोगितामा निजी इक्विटी लगानी भित्र्याउने अध्यक्ष

दुई धार्मिक समुदायका अगुवालाई एकै ठाउँ राखे रविले

काठमाडौं- सुनसरीसहित तराई-मधेशमा देखिएको तनाव कम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन– बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना