मकवानपुरमा डाइलासिस उपचार सेवामा तीव्रता « Khabarhub

मकवानपुरमा डाइलासिस उपचार सेवामा तीव्रता


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरको हेटौँडा अस्पतालअन्तर्गत डाइलासिस युनिटले उपचार सेवालाई सुविधायुक्त बनाएको छ । मिर्गौला फेल भएका बिरामीलाई सहज उपचार दिने उद्देश्यले अस्पतालले डाइलासिस सेवामा सुधार ल्याएको हो । 

दैनिक डाइलासिस सेवा लिनुपर्ने बिरामीका लागि उपचार सेवालाई सुविधायुक्त बनाइएको अस्पतालले जनाएको छ । मधेश प्रदेशको सिराहा, बारा, पर्सा तथा बागमतीको सिन्धुली र मकवानपुरका गरी कूल ६६ जना मिर्गौलाका बिरामीले अहिले दैनिक आलोपालो गरी डाइलासिस गराइरहेका अस्पतालको डाइलासिस युनिटका इन्चार्ज सिमा कँडेलले जानकारी दिए। उनका अनुसार ती बिरामीमध्ये १८ महिला छन् । 

मिर्गौला फेल भएका प्रत्येक बिरामीले हप्ताको दुई पटक अनिवार्य रुपमा चिकित्सकको परामर्श अनुसार डाइलासिस गराउनुपर्ने भएकाले बिरामीको सहजताका लागि १३ वटा डाइलासिस मेसिन सञ्चालनमा ल्याइएको कँडेलले बताए। अस्पतालमा हाल मिर्गौला रोग विशेषज्ञ चिकित्सक उपलब्ध नहुँदा डाइलासिस गराइरहेका बिरामीमा तत्कालै समस्या आउन सक्ने जोखिम रहेको उनको भनाइ थियो ।

उक्त डाइलासिस युनिटका लागि संघीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, हेटौँडा उपमहानगरपालिका, रोटरी क्लब हेटौँडा र आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरले मेसिन खरिद गरी उपलब्ध गराएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालका प्रमुख चिकित्सक डा रामचन्द्र सापकोटाले जानकारी दिए। पुराना चार मेसिन बिग्रेकाले केही दिनभित्रै प्राविधिक झिकाइ मर्मतसम्भार गरी सञ्चालनमा ल्याइने उनले बताए ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ७ : २३ बजे

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन