सचेतनामूलक कार्यक्रम गरी मनाइयो क्यान्सर दिवस « Khabarhub

सचेतनामूलक कार्यक्रम गरी मनाइयो क्यान्सर दिवस


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व क्यान्सर दिवस क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।

‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइएको हो ।

दिवसका अवसरमा स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौंमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले क्यान्सर रोगलाई न्यूनीकरण गर्न सरोकारवाला सबै निकायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार सन् २०२२ मा करिब एक करोड व्यक्तिको मृत्यु अर्बुद रोगका कारण भएको छ ।

डब्लुएचओका अनुसार अर्बुद रोगबाट हुने मृत्युमध्ये पनि करिब एक तिहाइ सुर्तीजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ ।

नेपालमा अर्बुद रोगका बिरामीको यकिन तथ्याङ्क नभए पनि नेपालमा पाठेघरको मुख, स्तन र फोक्सोमा हुने अर्बुदका कारण धेरै महिलाको मृत्यु हुने गरेको चिकित्सकहरूले जनाएका छन् ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  २ : ५३ बजे

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान

कार्यस्थलमा स्तनपान कक्षको अभाव

झापा– झापामा विशेष स्तनपान गराउने आमाको सङ्ख्या अपेक्षाकृत कम देखिएको

गत वर्ष १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ– राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा १०३

बिहार उपनिर्वाचन: भाजपाको ३० वर्ष पुरानो किल्लामा, प्रशान्त किशोर विजयी

काठमाडौँ – भारतको बिहारस्थित बाँकीपुर विधानसभा सिटमा जन सुराज पार्टीका

कागजात प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ सुरु हुँदै

काठमाडौँ – परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले कागजातको कन्सुलर प्रमाणीकरण