म्यानचेस्टर डर्बीमा सिटी ३-१ ले विजयी « Khabarhub

म्यानचेस्टर डर्बीमा सिटी ३-१ ले विजयी


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


960
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्बी सिटीले जितेको छ । गएराती इथियाड स्टेडियममा सम्पन्न खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा म्यानचेस्टर युनाइटेडले खेलको आठौँ मिनेटमा मार्कस राशफोर्डको गोलमा शुरुवाती अग्रता लिएपनि म्यानचेस्टर सिटीले खेलको दोस्रो हाफमा कमब्याक गर्दै खेल जितेको थियो ।

म्यानचेस्टर सिटीका लागि फिल फोडेनले खेलको ५६ र ८०औं मिनेटमा गोल गरेका थिए भने इर्लिंग हालाण्डले ९१औ मिनेटमा एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीको २७ खेलमा ६२ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको लिभरपुल एक अंकले अगाडि रहेको छ ।

त्यसैगरी म्यानचेस्टर युनाइटेडको भने यो यस सिजनमा ११औं हार हो । २७ खेलमा ४४ अंक रहेको युनाइटेड लिगमा छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ९ : ४२ बजे

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,