एमाले–कांग्रेस सरकारमा नागरिक उन्मुक्ति पनि सहभागी हुने « Khabarhub

एमाले–कांग्रेस सरकारमा नागरिक उन्मुक्ति पनि सहभागी हुने


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी पनि सहभागी हुने भएको छ ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटावार्ता गरेका थिए ।

उक्त भेटवार्तामा नाउपा पनि कांग्रेस–एमालेको सरकारमा सहभागी हुने चौधरीले देउवालाई जानकारी गराएका हुन् ।

संघमा नाउपाका चार सांसद रहेका छन् । उनीहरुले प्रचण्ड सरकारलाई विश्वासको मत दिएका थिए ।

यसअघि प्रचण्ड सरकारमा मन्त्री बन्ने तयारीमा रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)लाई बहुमत सदस्यले दलको नेताबाट हटाएका थिए ।

श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले दलको प्रमुख सचेतक रहेका गंगाराम चौधरीलाई दलको नेता चयन गरेका थिए ।

याे पनि…

अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने

एमालेले समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा

प्रधानमन्त्रीलाई ओलीको पत्र : राष्ट्रिय सहमतिको सरकार गठनका लागि समर्थन फिर्ता लियौं

 

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ८ : ४९ बजे

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित