इजरायली लडाइँ र अमेरिकी अर्थतन्त्रले बढायो सुनचाँदीको भाउ « Khabarhub

इजरायली लडाइँ र अमेरिकी अर्थतन्त्रले बढायो सुनचाँदीको भाउ


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पश्चिम एसियाली देश इजरायलले बहुमोर्चामा लडिरहेको लडाइँ र केही बलियो बनेको अमेरिकी अर्थतन्त्रले अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढाएको छ ।

अघिल्लो साताजस्तै यो साता पनि विश्वबजारमा बहुमूल्य धातु सुनचाँदीको भाउले रेकर्ड कायम गरेको हो । साताको पछिल्लो कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यले रेकर्ड नै कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा द्वन्द्व र हालै सार्वजनिक भएको अमेरिकी अर्थतन्त्रको प्रभावले
सुनचाँदीजस्ता बहुमूल्य वस्तुको भाउ बढेको हो । शुक्रबार बिहान सार्वजनिक तथ्याङ्कअनुसार अमेरिकी अर्थतन्त्र मजबुत हुनुका साथै त्यहाँ रोजगारीको अवस्थामा समेत सुधार देखिएको छ ।

नेपाली बजारमा साताको पहिलो दिन आइतबार १ लाख ३७ हजार ६ सय ९० रुपैयाँ रहेको प्रति १० ग्राम सुनको मूल्य साताको दोस्रो दिन र तेस्रो दिन सामान्य घटेको थियो ।

तर, चौथो दिन बुधबारदेखि बढ्न शुरु भई साताको छैटौं दिन शुक्रबार प्रति १० ग्राम १ लाख ३८ हजार २९० रुपैयाँ पुग्यो । यो हालसम्मकै उच्च मूल्य रेकर्ड हो । यो मूल्य साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम ६०० रुपैयाँले बढी हो ।

यो साता नेपाली बजारमा चाँदीको मूल्यले पनि रेकर्ड कायम गर्‍यो। साताको पहिलो दिन आइतबार प्रति १० ग्राम सुनको मूल्य एक हजार ६६७ रुपैयाँ ५० पैसा थियो । साताको पछिल्लो कारोबार दिन शुक्रबार प्रति १० ग्राम सुनको मूल्य १ हजार ६९७ रुपैयाँ ५०
पैसा कायम भई उच्च रेकर्ड बनेको हो ।

यो पनि-

सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ३ : १७ बजे

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा