काठमाडौँको टुँडिखेलमा एक जना मृत भेटिए « Khabarhub

काठमाडौँको टुँडिखेलमा एक जना मृत भेटिए


१९ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँको टुँडिखेलस्थित गोल पोस्ट नजिकै एक जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौँ महानगरपालिका–२२ टुँडिखेलस्थित गोल पोस्ट नजिकै मकवानपुर घर भएका ४५ वर्षीय बद्रीप्रसाद सिलवाल मृत फेला परको निजका साथमा रहेको नेपाली नागरिकता प्रमाणपत्रबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनले भने, ‘निजको बायाँ हातको साइडमा सानो चक्कु र बायाँ हातको मुनि रगतको ताल रहेको र प्रहरी वृत्त जनसेवा तथा प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीबाट घटनाका बारेमा आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।’

शव जाँचको प्रकृति मुचुल्का गरी शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रवक्ता अधिकारीले बताए।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  २ : ३३ बजे

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

‘मर्स्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन’

काठमाडौं– मनाङको चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिए

वर्षा र बाढीपछि कस्तो छ जलविद्युत क्षेत्रको अवस्था ?

काठमाडौं– असोज ९ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न विद्युतीय

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

वासिङ्टन– संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा