कांग्रेसको अडानबीच प्रधानमन्त्री, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच वार्ता | Khabarhub Khabarhub

कांग्रेसको अडानबीच प्रधानमन्त्री, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच वार्ता


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच आइतबार भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच समसामयिक राजनीतिसहितका विषयमा छलफल भएको छ ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद्मा निरन्तर अवरोध गरिरहेका बेला तीन नेता जुटेका हुन् ।

कांग्रेस आफ्नो अडानबाट पछि हटेको छैन ।  यस्तोमा आगामी वैशाख २८ गतेदेखि संसद्को बजेट अधिवेशन आह्वान गरिएको छ ।

बजेट निर्माण, प्रदेश सरकार र विश्वविद्यालय लगायतबारे साझा धारणा बनाउन उनीहरू छलफलमा जुटेका बताइएको छ ।

संसद् अधिवेशन सुरु हुनुअघि नै राजनीतिक सहमति जुटाउने गरी प्रधानमन्त्री प्रचण्डले पहल गरिरहेका छन् । तर कांग्रेसले लामिछानेमाथि छानबिनको अडान छाडेको छैन ।

शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा पनि प्रचण्डले यसबारे ब्रिफिङ गरेका थिए ।

उक्त बैठकमा सहभागी माओवादी सांसदले पार्टीमा छलफल गरेपछि मात्रै सत्ता गठबन्धन र प्रतिपक्षी दलका नेताहरूसँग छलफल हुने ब्रिफिङ गरेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ४ : २५ बजे

राप्ती नदीबाट घडियालका दुई सय ४७ अण्डा सङ्कलन

चितवन – चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारबाट

मादी नदीमा बालकको शव भेटियो

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा