उपेन्द्रले मन्त्री बनाएका नवलकिशोर नै जसपा छाडेर नयाँ दलतिर | Khabarhub Khabarhub

उपेन्द्रले मन्त्री बनाएका नवलकिशोर नै जसपा छाडेर नयाँ दलतिर


२३ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत फागुन २१ गते बनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालको भागमा परेको वन तथा वातावरण मन्त्रीको जिम्मेवारी नवलकिशोर साह सुडीले पाए ।

अन्य आकांक्षीहरू प्रदीप यादव र राजकिशोर यादवलाई जिल्याउँदै उपेन्द्र यादवसँगै मन्त्री बनेका सुडी अहिले पार्टी विभाजनतिर लागेका छन्।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला वातावरण मन्त्री सुडीले पार्टी विभाजन गर्ने वरिष्ठ नेता अशोक राईको निर्णयलाई साथ दिएका हुन् ।

नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा पुगेका साहले खबरहबसँग कुरा गर्दै अध्यक्ष यादवको कार्यशैलीलाई लिएर आफूहरूले विद्रोह गरेको बताएका छन् ।

उनले सुरुदेखि नै पार्टीमा असन्तुष्टि रहेको बताए । गत फागुन २१ गते उपेन्द्र यादव मन्त्री बन्दा त्यसअघि शिक्षामन्त्री रहेका वरिष्ठ नेता अशोक राईलाई नै निरन्तरता खोजिएको उनले बताए।

‘तर अध्यक्ष यादवले एकलौटी निर्णय गरेर आफैं मन्त्री हुनु भयो, पार्टीमा अशोक राईलाई नै निरन्तरता दिने कुरा भएको थियो’, उनले खबरहबलाई आइतबार साँझ भने ।

साहले पार्टी विभाजनको निर्णय गरिए पनि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन कायमै राख्ने बताए ।

मन्त्री सुडीले आफूहरूको पक्षमा ६० प्रतिशत केन्द्रीय सदस्यको समर्थन रहेको पनि खुलाए । प्रतिनिधिसभामा जसपाका १२ सांसद थिए। जसमा बहुमत अर्थात् ७ जनाले नयाँ पार्टीको पक्षमा आफूलाई उभ्याएका छन् ।

‘अहिलेलाई सरकारको समर्थन यथावत रहन्छ । हामी पनि मन्त्रीमा कायमै हुनेछौँ’, उनले भने, ‘तर थप राजनीतिक घटनाक्रम विकास भएमा अर्को निर्णय हुन सक्छ।’

सुडी उपेन्द्र यादवकै गृहजिल्ला सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्छन् । यसअघि नेपाली कांग्रेसको समेत समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा वन तथा वातावरण मन्त्री बनेका वीरेन्द्र महतो पनि पार्टी विभाजनको पक्षमा उभिएका छन् ।

नयाँ दलतिर को हो?

१. अशोककुमार राई (वरिष्ठ नेता)

२.नवलकिशोर साह (वन तथा वातावरणमन्त्री)

३. हसिना खान

४. रञ्जु ठाकुर

५. प्रदीप यादव

६. वीरेन्द्र महतो

७. सुशीला श्रेष्ठ

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ६ : २९ बजे

ओलीले भने- कांग्रेससँग असमझदारी छैन, १८ महिनापछि देउवा प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी अर्को सत्ता साझेदार नेपाली

कम्बोडिया जानुअघि सभामुखले भेटे राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गरेका छन्

महाकाली सन्धिको बचाऊ गर्दै शंकर पोखरेलले भने- त्यसबेला एमाले फुटाए, अहिले सक्न खोज्दैछन्

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई समाप्त पार्न ठूलो

चिसो मौसमलाई माइडियाको न्यानो राहत

काठमाडौं– माइडिया ब्रान्डले नेपाली बजारमा चिसो मौसमकालागी उपयोगी  विभिन्न इलेक्ट्रोनिक्स

गाडी नदेखेका ती हरिश, यी कलाकार कक्रोच !

काठमाडौं – हास्य टेलिश्रृङ्खलामार्फत बालबालिका र युवामाझ स्थापित कलाकार हुन्‌