मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै « Khabarhub

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै


२३ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

धनुषा– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले १८ महिनाको अवधिमा पाँचौँपटक विश्वासको मत लिन लागेका हुन् ।

पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेकपा एमाले, नेकपा माओवादी केन्द्र समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।

कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले विश्वाको मत लिन लागेका हुन् ।

२०७९ साल पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त यादवले पहिलोपटक २०७९ माघ ४ गते विश्वासको मत लिएका थिए । त्यसपछि २०८० जेठ १ गते मधेस सरकारमा रहेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि उनले जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिए । त्यस्तै, तेस्रोपटक सोही वर्षको फागुन ६ गते विश्वासको मत लिएका थिए ।

यसअघि विपक्षमा रहेको नेपाली कांग्रेसले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको नेपाली कांग्रेस संसदीय दलका नेता एवं मधेस सभापति कृष्णप्रसाद यादवले जानकारी दिए ।

१०७ सदस्यीय प्रदेशसभामा सरकार टिकाइराख्न ५४ जना सांसदको समर्थन आवश्यक पर्छ।

प्रदेशसभामा एमालेका सभामुखसहित २५, नेपाली कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ८–८, एकीकृत समाजवादीका ७ तथा नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रीय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन्।

प्रकाशित मिति : २३ जेठ २०८१, बुधबार  ११ : ३४ बजे

नोबेल साहित्यमा महिला लेखकको चर्चा

स्टकहोम- यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र

बाढीले क्षतिग्रस्त कोल्पुखोला पुल (तस्बिरहरू)

काठमाडौं– गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको

काठमाडौँमा भारी वर्षा : कांग्रेस महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा ओत खोज्दै प्रतिनिधि

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको तेस्रो दिन मंगलबार

नेप्से परिसूचक ११ अंकले बढ्यो, कारोबार कति ?

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ११.९६ अंकले

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता