प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने  « Khabarhub

प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने 


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् ।

यही बुधबार नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका  उनले राजीनामा नदिई विश्वासको मत लिने निर्णय गरेका हुन् ।
यसका लागि उनले असार २८ गते बस्ने प्रतिनिधि सभाको बैठकको कार्यसूचीमा समावेश गरिदिन संसद् सचिवालयलाई शुक्रबार पत्र लेखेका छन् ।

उनी पुस १०, ०७९ मा प्रधानमन्त्री भएका थिए । अहिलेसम्म उनले चार पटक विश्वासको मत लिइसकेका छन् ।

२५ पुस २०७९ मा पहिलो पटक विश्वासको मत लिएका प्रचण्डलाई त्यति बेला प्रतिनिधिसभामा रहेका राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीबाहेक सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।

तर २०७९ फागुनमै एमालेसँग सहकार्य तोडेर कांग्रेससँग गठबन्धन बनाएका प्रचण्डले ६ चैत २०७९ मा विश्वासको मत लिएका थिए । त्यति बला उनले १७२ मत पाएका थिए ।

यस्तै, उनले फागुन ३० गते पनि तेस्रो पटक विश्वासको मत लिएका थिए । त्यो बेला उनले कांग्रेसलाई छाडेर एमालेसँग सहकार्य गरेका थिए ।

चौथो पटक उनले ७ जेठ २०८१ विश्वासको मत लिएका । त्यो बोला उपेन्द्र यादव नेतृत्वको जसपाले सरकार छाडेका कारण विश्वासको मत लिनुपरेको थियो । त्यो अवस्थामा प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको थियो ।

अब असार २८ मा उनले कांग्रेस एमाले गठबन्धन बन्ने भएपछि विश्वासको मत लिन लागेका छन् । यो पटक उनको सरकार ढल्ने सम्भावना छ । किनकि १ सय ६६ जना सांसदको समर्थनमा नेकपा एमालेबाट केपी शर्मा ओली प्रधानमन्त्री बन्दै छन् ।

 

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  ३ : ३२ बजे

विश्वकप लिग-२ : टस जितेर ओमानविरुद्ध ब्याटिङ गर्दैै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको

प्रधानमन्त्री बालेन भन्छन्- नेताको भीडबाट होइन, विद्यार्थीले गुरुबाट राजनीति सिकून्

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिक

फेरि बजारमा एकपटक कमेडीको लहर

काठमाडौँ – ‘नयाँ पुस्ता परिवर्तनका सम्बाहक हुन्’ भन्ने भनाइको प्रभाव

आन्तरिक रणनीति तय गर्न सभापति थापा सक्रिय: आज कोइराला र खड्कासँग भेट्दै

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक रणनीति

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

इलाम – इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी