आजका समाचार : उम्मेदवारी दर्तादेखि श्रममन्त्री अर्यालको चेतावनीसम्म | Khabarhub Khabarhub

आजका समाचार : उम्मेदवारी दर्तादेखि श्रममन्त्री अर्यालको चेतावनीसम्म


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

पार्टीमा बोगटीको अभाव सधैँ महसुस भइरहन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता पोस्टबहादुर बोगटीको सधैँ अभाव महसुस हुने गरेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आठौँ वार्षिक साधारणसभा तथा स्मृति दिवस समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले इमानदार र सादगी नेता बोगटीको अभाव भइरहेको बताए ।


उनले भने, ‘पोष्टबहादुर बोगटी एक इमानदार नेता हुनुहुन्थ्यो, उहाँको सम्पूर्ण जीवन त्याग र निष्ठाले भरिपूर्ण छ । बोगटी एक सहयोगी भावनाको, आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध, सक्षम र समन्वयकारी नेता हुनुहुन्थ्यो ।’

बोगटीको निधनपछि पार्टीमा समन्वयको अभाव महसुस हुने गरेको प्रधानमन्त्री दाहालले स्मरण गरे ।

कार्यक्रममा माओवादी केन्द्रका सचिव गिरिराजमणि पोखरेल, प्रतिनिधिसभामा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रियसभा सदस्य श्रीकृष्ण अधिकारी, नेता पुष्पविक्रम मल्ल, बोगटीका पत्नी राममाया बोगटीलगायतको उपस्थिति थियो ।

प्रधानमन्त्रीले गरे जुगल हिमाल आरोहण दललाई नेपाली झन्डा हस्तान्तरण

युवापुस्तामा सकारात्मक भावना जाग्रीत गर्नुछ : प्रधानमन्त्री

राज्य रूपान्तरणका लागि आन्दोलनको रूपान्तरण जरुरी : अग्नि सापकोटा

एमाले र रास्वपाका नेता सहकारी ठगीमा संलग्न रहेकाले छानविन समिति बन्न दिएनन् : नैनसिंह महर

रास्वपालक्षित टिप्पणी गर्ने सांसदलाई श्रममन्त्री अर्यालको चेतावनी

एमालेले बोलायो राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक

सुहाङ नेम्वाङले गराए उम्मेदवारी दर्ता
नेकपा एमालेबाट इलाम-२ मा उम्मेदवार बनेका सुहाङ नेम्वाङले मनोनयन दर्ता गरेका छन् । सुहाङले नेता कार्यकर्ताको जुलुससहित निर्वाचन कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गरेका हुन् । सुहाङलाई माओवादी केन्द्रले समेत समर्थन गरेको छ ।

आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता जारी छ ।

अहिलेसम्म इलाम २ मा जनमत पार्टीका प्रेमकुमार थामसाङ, नेमकिपाका श्याम नेपाली, स्वतन्त्र उम्मेदवार जकप्रसाद गौतम, मंगोल नेश्नलका मणिबहादुर लिम्बु, एकीकृत समाजवादीका जितबहादुर राई र स्वतन्त्रबाट डेकेन्द्र सिंह थेगमले उम्मेदवारी दर्ता गराएका छन् ।

इलाम-२ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

बझाङ प्रदेशसभाको उपनिर्वाचनमा १२ जनाको उम्मेदवारी दर्ता

मनोनयन दर्ता गर्न जाँदै सुहाङ

जनमतका उम्मेदवार थाम्सुहाङले गराए उम्मेदवारी दर्ता

इलाम क्षेत्र नं २ उपनिर्वाचन : छ जनाको मनोनयन दर्ता

कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराए

रास्वपा उम्मेदवार मिलन लिम्बुले दर्ता गराए मनोनयन

इलाममा एमाले उम्मेदवार सुहाङलाई जिताउन तीन पार्टीको संयुक्त अपिल

इलामका जनताको खुसी ल्याउन उम्मेदवारी दियौँ : रास्वपा

भ्रष्ट व्यक्तिलाई सम्मान गर्नु दुर्भाग्य: पूर्वउपराष्ट्रपति झा
पूर्वउपराष्ट्रपति परमानन्द झाले भ्रष्ट व्यक्तिलाई सम्मान गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

शनिबार नयाँ वर्ष २०८१ को शुभकामना तथा विश्व स्वास्थ्य दिवसको अवसरमा राष्ट्रिय विकास नागरिक समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वउपराष्ट्रपति झाले विगतमा आफू सहभागी भएका केही कार्यक्रममा समाजमा दुर्नाम कमाएका र भ्रष्ट व्यक्तिलाई पनि सम्मान गर्नुपरेको भन्दै भ्रष्ट व्यक्तिलाई सम्मान गर्नु दुर्भाग्यपूर्ण भएको बताएका हुन् ।


उनले समाज र देशका लागि महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तिहरूलाई मात्र सम्मानका लागि छनोट गर्नुपर्नेमा जोड दिए । पूर्वउपराष्ट्रपति झाले सम्मान पाउने व्यक्तिलाई समाजमा अझै जिम्मेवारी थपिने भएकाले अझै राम्रो काम गर्ने अठोट गर्नुपर्नेमा जोड दिए ।

पार्टीलाई बलियो बनाउन सबै एक जुट हुन आवश्यक : सभापति देउवा

कानुनमा सबै क्षेत्रको सुझाव समेट्न ‘डिजिटल प्लेटफर्म’ तयार गर्दैछौँ :मन्त्री गिरी

इलाममा जीरबहादुरले जित्छन्, हामीले यतिकै उठाएको छैन : खनाल

सरकारी सेवा सम्बन्धी निःशुल्क ओरेन्टेसन कक्षा सञ्चालन

बञ्चरेडाँडामा फोहर विसर्जनमा स्थानीयको अवरोध
नुवाकोट र धादिङका स्थानीय बासिन्दाले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न अवरोध गरेका छन् ।

बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति ९नुवाकोट–धादिङ०ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर विसर्जनमा अवरोध गरेको हो ।


उक्त समितिका संयोजक श्रीराम ढुङ्गानाले सर्वपक्षीय भेलाबाट प्रस्तुत ११ बुँदे माग सम्बोधनका लागि गत फागुन २१ गते प्रधानमन्त्रीसमक्ष पेस गरिएका मागको सुनुवाइ नभएकाले शान्तिपूर्ण आन्दोलनको कार्यक्रमसहित फोहर विसर्जनमा रोक लगाइएको बताए ।

कावाखोला पुलको पुनर्निर्माण सुरु

दीर्घरोगी र गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा

पर्सामा महिलाका नाममा साना उद्योग दर्ता बढ्यो

कालीकोटमा पुग्यो पाठ्यपुस्तक

इजराइली सेनाद्वारा गाजाबाट एक बन्धकको शव बरामद
इजराइली सेनाले शनिबार उसका सैनिकहरूले अक्टोबर ७ मा दक्षिणी इजराइली समुदायमाथि भएको आक्रमणका क्रममा प्यालेस्टिनी लडाकू समूह हमासद्वारा अपहृत एक बन्धकको शव बरामद गरेको बताएको छ ।

इलाद कात्जिरको शव भेटिएपछि सेनाले युद्धका क्रममा गाजाबाट घर ल्याएको शवको सङ्ख्या १२ पुगेको छ । यद्यपि कात्जिरको मृत्युका लागि इजराइली अधिकारीहरूलाई दोष दिएकी उनकी बहिनीलाई कुनै सान्त्वना प्राप्त भएन ।

बेलायतमा लिलामीमा राखिएको सुनको डल्लो किन भएन बिक्री?

पाकिस्तानमा बोरिङको पानी पिउँदा पाँच बालबालिकाको मृत्यु

मेक्सिकोले तोड्यो इक्वेडरसँग कूटनीतिक सबन्ध

अस्पतालबाट बच्चा चोर्ने भारतीय गिरोह पक्राउ, तीन नवजात शिशुको उद्धार

माइक्रोसफ्टको चेतावनी-चीनले एआईबाट भारतको निर्वाचन प्रभावित गर्न सक्छ

भूकम्पका कारण हिमाली क्षेत्रमा फसेका पर्यटकको उद्धार

युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति उच्च

सुडानको भोकमरीविरुद्ध विश्व खाद्यकार्यक्रमको चेतावनी

इरानमा आइएस समूहका तीन संदिग्ध जिहादी पक्राउ

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ७ : ५९ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार