अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा | Khabarhub Khabarhub

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गका ६३ जना अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।

अपाङ्गता परिचयपत्र लिएका दुई सय ८२ जनामध्ये पहिलो चरणमा ‘ग’ वर्गका ४९ र ‘घ’ वर्गका १४ जनाको बीमा गरिदिन लागेको हो ।

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य उपचारमा सहज किसिमले पहुँच पुर्‍याउन बीमा प्रक्रिया अघि बढाइसकेको गाउँपालिका अध्यक्ष होमबहादुर थापाले बताए ।

उनले भने, ‘आर्थिक वर्ष ८०–०८१ मा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा काम गर्न गाउँपालिकाबाट विनियोजित चार लाख बजेटमध्येबाट उक्त काम गर्न लागिएको हो ।’

वार्षिक शुल्कबापत जनही सात सयका दरले बीमा रकम तिरेपछि एक लाखसम्म स्वास्थ्य उपचारको सुविधा पाउन सकिने व्यवस्था रहेको छ ।

‘क’ वर्गकाले तीन हजार तीन सय ९० र ‘ख’ वर्गकाले दुई हजार एक सय २८ अपाङ्गता भएका व्यक्तिले राज्यबाट मासिक भत्ता रकम पाउँदै आएका छन् ।

‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिले राज्यबाट कुनै सुविधा पाउन सकिरहेका छैनन् तर यहाँको गाउँपालिकाले चासो दिएर काम गर्दै आएको छ ।

गाउँपालिकाले अपाङ्गता क्षेत्रमा गरेको उदाहरणीय कार्यले अपाङ्गता क्षेत्रका व्यक्तिमा खुसी छाएको अपाङ्गता समन्वय समिति सदस्य संस्था प्रतिनिधि कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

परिचयपत्रको आधारमा सेवा सुविधा पाउन थालेपछि अपाङ्गता भएका व्यक्तिमा थप उत्साह मिलेको उनको भनाइ छ ।

गाउँपालिका कार्यालयले केही दिनअघि मात्रै दश जना ‘ग’ र  ‘घ’ वर्गका अपाङ्गतालाई बीउ पुँजीको रुपमा बोयर उन्नत जातका बाख्रा वितरण गरिसकेको छ ।

गाउँपालिका मातहत रहेका पाँचवटा वडाबाट दुई जना अपाङ्गता भएका व्यक्तिलाई जनही एउटा बोयर जातको बाख्रा वितरण गरेको हो ।

अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाई आयआर्जनमा सबल बनाउने लक्ष्यअनुरुप बाख्रा वितरण गरिएको स्थानीय अपाङ्गता समन्वय समिति सदस्य सचिव हिरामान श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ६ : ५३ बजे

गाउँ चिन्ने, पसिना बुझ्ने मौद्रिक नीति अपरिहार्य

नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष प्रस्तुत गर्ने मौद्रिक नीति राष्ट्रिय

नेपालको प्रशासनमा आधुनिक शक्ति कहिल्यै माथि आउन सकेन

आजभन्दा १५–२० वर्ष अगाडि र अहिले पनि नेपालको प्राथमिक बाधक

बागमती प्रदेशसभा बैठक बस्दै

बागमती– बागमती प्रदेशसभा बैठक आज (सोमबार) बस्दैछ । बैठकमा बागमती

टीकापुर नगरपालिकामा प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइँदै

कैलाली-  कैलालीकाे टीकापुर नगरपालिकाले आगामी साउन १ गतेदेखि प्लास्टिकका झोलाको

‘भोजपुर प्रतिभा पुरस्कार’बाट शाक्य पुरस्कृत

भोजपुर– प्रत्येक वर्ष प्रदान गरिँदै आएको ‘भोजपुर प्रतिभा पुरस्कार’बाट टक्सार