अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा « Khabarhub

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गका ६३ जना अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।

अपाङ्गता परिचयपत्र लिएका दुई सय ८२ जनामध्ये पहिलो चरणमा ‘ग’ वर्गका ४९ र ‘घ’ वर्गका १४ जनाको बीमा गरिदिन लागेको हो ।

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य उपचारमा सहज किसिमले पहुँच पुर्‍याउन बीमा प्रक्रिया अघि बढाइसकेको गाउँपालिका अध्यक्ष होमबहादुर थापाले बताए ।

उनले भने, ‘आर्थिक वर्ष ८०–०८१ मा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा काम गर्न गाउँपालिकाबाट विनियोजित चार लाख बजेटमध्येबाट उक्त काम गर्न लागिएको हो ।’

वार्षिक शुल्कबापत जनही सात सयका दरले बीमा रकम तिरेपछि एक लाखसम्म स्वास्थ्य उपचारको सुविधा पाउन सकिने व्यवस्था रहेको छ ।

‘क’ वर्गकाले तीन हजार तीन सय ९० र ‘ख’ वर्गकाले दुई हजार एक सय २८ अपाङ्गता भएका व्यक्तिले राज्यबाट मासिक भत्ता रकम पाउँदै आएका छन् ।

‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिले राज्यबाट कुनै सुविधा पाउन सकिरहेका छैनन् तर यहाँको गाउँपालिकाले चासो दिएर काम गर्दै आएको छ ।

गाउँपालिकाले अपाङ्गता क्षेत्रमा गरेको उदाहरणीय कार्यले अपाङ्गता क्षेत्रका व्यक्तिमा खुसी छाएको अपाङ्गता समन्वय समिति सदस्य संस्था प्रतिनिधि कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

परिचयपत्रको आधारमा सेवा सुविधा पाउन थालेपछि अपाङ्गता भएका व्यक्तिमा थप उत्साह मिलेको उनको भनाइ छ ।

गाउँपालिका कार्यालयले केही दिनअघि मात्रै दश जना ‘ग’ र  ‘घ’ वर्गका अपाङ्गतालाई बीउ पुँजीको रुपमा बोयर उन्नत जातका बाख्रा वितरण गरिसकेको छ ।

गाउँपालिका मातहत रहेका पाँचवटा वडाबाट दुई जना अपाङ्गता भएका व्यक्तिलाई जनही एउटा बोयर जातको बाख्रा वितरण गरेको हो ।

अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाई आयआर्जनमा सबल बनाउने लक्ष्यअनुरुप बाख्रा वितरण गरिएको स्थानीय अपाङ्गता समन्वय समिति सदस्य सचिव हिरामान श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ६ : ५३ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार