बंगलादेशका राष्ट्रपतिले भंग गरे संसद् « Khabarhub

बंगलादेशका राष्ट्रपतिले भंग गरे संसद्


२२ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.6k
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले मंगलरबार एक आदेश जारी गर्दै देशको संसद्‍ भंग गरिदिएका छन् ।

राष्ट्रपति कार्यालयको प्रेस विभागले मंगलबार एक सूचना निकालेर संसद् भंग भएको जानकारी दिएको हो ।

उक्त सूचनामा तीनै सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका सदस्य र विद्यार्थी आन्दोलनका नेतासँग राष्ट्रपतिको वार्तापछि यो निर्णय लिइएको उल्लेख छ।

बंगलादेशमा यसै वर्ष ७ जनवरीमा चुनाव भएको थियो । त्यस चुनावमा शेख हसिना नेतृत्वको अवामी लीगले दुईतिहाइ बहुमत ल्याएको थियो ।

तर विद्यार्थी आन्दोलनका कारण शेख हसिनाले राजीनामा दिएर देश छाडिसकेकी छन् । यस्तोमा सोमबार राष्ट्रपतिले एक आदेश जारी गर्दै बीएनपी नेता खालिदा जियासमेत कयौँ विपक्षी नेतालाई पनि नजरबन्दबाट मुक्त गर्न आदेश दिएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलबार  ४ : ०२ बजे

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको

भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित पाँच हजार ११६ परिवारलाई छ महिनाभित्र

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको