भेट्न आएका कतारका राजदूतलाई मेयर बालेनले दिए बुद्धको मूर्ति « Khabarhub

भेट्न आएका कतारका राजदूतलाई मेयर बालेनले दिए बुद्धको मूर्ति


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विश्वकप फुटबल व्यवस्थापनमा कतारको प्रशंसा गरेका छन् ।

भेटका लागि आएका नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारीसँगको कुराकानी गर्दै प्रमुख साहले यसो भनेका हुन् ।

‘विश्वकप खेल सञ्चालन गर्न कतारमा निर्माण गरिएको रंगशालाको अन्तरराष्ट्रिय स्तरमा ख्याति रहेको छ’, उनले भने ।

खेलजस्तै नागरिकलाई तत्काल र प्रत्यक्ष लाभ पुग्ने खालका कार्यक्रमका लागि संयुक्त आयोजनामा कार्यक्रम गर्न सकिने प्रमुख मेयर साहले बताए ।

त्यस क्रममा राजदूत अली अन्सारीले प्रमुख साहको कार्यशैलीको प्रशंसा गरे । उनले कतारको विकासमा नेपाली नागरिकको सहयोग रहेको उल्लेख गरे ।

‘कतारमा धेरै नेपाली हुनुहुन्छ । उहाँहरूले हाम्रो विकासमा सघाइरहनु भएको छ । कतारियनहरु पनि नेपालको विकासका लागि लगानी गर्न इच्छुक हुनुहुन्छ’, उनले भने ।

भेटका क्रममा काठमाडौँ महानगरपालिका र दोहा नगरबीच भगिनी सम्बन्ध स्थापनाको सम्भावना, परस्पर हित र सहकार्यका विषयमा कुराकानी भएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ७ : ४८ बजे

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु, कसैको शिर निहुरिन दिने छैन,

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा