काठमाडौंसहित विभिन्न ११ स्थानमा आगलागी, चार जना घाइते « Khabarhub

काठमाडौंसहित विभिन्न ११ स्थानमा आगलागी, चार जना घाइते


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका विभिन्न क्षेत्रमा पछिल्लो २४ घण्टामा ११ ठाउँमा आगलागी भएको छ । काठमाडौँसहित विभिन्न जिल्लामा भएको आगलागीबाट चार जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । जनावरको आक्रमणबाट अन्य दुई जना पनि घाइते भएका छन् ।

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले आगलागीका घटना बढ्न थालेकाले सावधानी अपनाउन सबैमा अनुरोध गरेका छन् । उनका अनुसार कतिपय स्थानमा विद्युत् चुहिएर आगलागी भएका छन् भने कतिपय स्थानमा सिलिण्डरबाट पनि अगलागी भएका छन् । केही ठाउँमा असावधानी बस आगलागीका घटना हुने गरेका छन् ।

काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलमा धरान नपा–४ घर भएका एक व्यक्तिको घरमा ग्याँस चुहिएर आज भएको आगलागीमा उहाँसहित तीन जना घाइते भएका प्राधिकरणले जनाएको छ । यस्तै इलाममा पनि विद्युत् चुहावट हुँदा भएको आगलागीमा एक जना घाइते भएको छन् ।

प्राधिकरणका अनुसार तेह्रथुमस्थित एक घरमा आगलागी हुँदा अन्नपात लत्ताकपडासहित रु १२ लाखभन्दा बढीको क्षति भएको छ । यस्तै, सङ्खुवासभा, सप्तरी, रौतहट, झापा, बाँके, अछाममा पनि आगलागीबाट लाखौँको धानमाल क्षति भएको प्राधिकरणले जानकारी दिएको छ ।

यसअघि बिहीबार भएको आगलागीबाट चार जना घाइते भएका थिए । सबै आगलागीबाट अनुमानित रु २५ लाखको क्षति भएको विवरण प्राप्त भएको प्रवक्ता डा भट्टराईले जानकारी दिए । प्राधिकरणले दिएको जानकारीअनुसार ललितपुरमा कुकुरले टोकेर एक जना र बाँकेमा आफैँले पालेको गोरुले हानेर अर्का एकजना पनि घाइते भएका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ८ : ११ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष