यू-१९ विश्वकप : दोस्रो सेमिफाइनलमा बिहीबार पाकिस्तानको प्रतिस्पर्धा अस्ट्रेलियासँग | Khabarhub Khabarhub

यू-१९ विश्वकप : दोस्रो सेमिफाइनलमा बिहीबार पाकिस्तानको प्रतिस्पर्धा अस्ट्रेलियासँग


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यू-१९ विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा बिहीबार पाकिस्तानले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ। पहिलो सेमिफाइनलमा आयोजक दक्षिण अफ्रिकालाई दुई विकेटले हराउँदै भारत फाइनल पुगिसकेको छ। दोस्रो सेमिफाइनलको विजेताले फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ।

समूह ‘सी’मा रहेको अस्ट्रेलिया विश्वकपका सबै खेलमा अपराजित हुँदै सेमिफाइनल पुगेको हो। समूह चरणको पहिलो खेलमा नामिबियालाई ४ विकेटले पराजित गरेको अस्ट्रेलियाले दोस्रो खेलमा जिम्बाबेमाथि २२५ रनको विशाल अन्तरको जित निकालेको थियो। समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको अस्ट्रेलिया समूह विजेता बन्दै सुपर सिक्समा पुगेको हो।

सुपर सिक्सको पहिलो खेलमा इग्ल्यिाण्डलाई डिएल पद्धतिमा ११० रनले पराजित गरेको अस्ट्रेलियाले दोस्रो खेलमा वेस्ट इन्डिजसँग अंक बाँडेको थियो। सुपर सिक्सको समूह विजेता बन्दै अस्ट्रेलियाले सेमिफाइनलमा पाकिस्तानसँगको भेट पक्का गरेको हो।

 

समूह ‘डी’मा रहेको पाकिस्तान विश्वकपका पाँच खेलमा अपराजित हुँदै सेमिफाइनल पुगेको हो। समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई १८१ रनले पराजित गरेको पाकिस्तानले दोस्रो खेलमा नेपालमाथि ५ विकेटको जित निकालेको थियो। समूह चरणको अन्तिम खेलमा पाकिस्तानले न्युजिल्याण्डमाथि १० विकेटको जित निकाल्दै सुपर सिक्सको सुखद् यात्रा तय गरेको थियो।

सुपर सिक्सको पहिलो खेलमा आयरल्याण्डलाई ३ विकेटले पराजित गरेको पाकिस्तानले दोस्रो खेलमा बंगलादेशमाथि ५ रनको मात्र जित निकालेको थियो। समूह चरणका तीन र सुपर सिक्सका दुई खेलमा जित निकालेको पाकिस्तानले आठ अंक जोडे पनि रनरेटका आधारमा समूह उपविजेता बन्यो।

अस्ट्रेलिया र पाकिस्तानको हेड टु हेड
अस्ट्रेलिया र पाकिस्तानले यू-१९ प्रतिस्पर्धा चार पटक गरेका छन्। जसमध्ये तीन स्पर्धामा पाकिस्तान विजयी भएको छ भने एउटा खेल मात्र अस्ट्रेलियाले जितेको छ।

अस्ट्रेलिया र पाकिस्तानको पहिलो भेट सन् २०१६ मा यूएईको दुबइमा भएको थियो। त्रिनेशन यू-१९ स्पर्धामा पाकिस्तानले दिएको ३११ रनको लक्ष्य पूरा गर्न नसक्दा अस्ट्रेलिया १०९ रनले पराजित भएको थियो।

अस्ट्रेलियामै भएको सन् २०१७ को पहिलो युथ ओडिआई प्रतिस्पर्धामा पाकिस्तानले ६ विकेटको जित निकालेको थियो। अस्ट्रेलियाले दिएको २४१ रनको चुनौती पाएको पाकिस्तानले चार विकेटको क्षतिमा ४४.२ ओभरमै पूरा गरेको थियो।

सन् २०१७ मै भएको युथ ओडिआईको अर्को प्रतिस्पर्धामा अस्ट्रेलियाकै मैदानमा पाकिस्तानले ४९ रनको जित निकालेको थियो। पाकिस्तानले दिएको ३०९ रनको चुनौती पूरा गर्न नसक्दा तेस्रो भेटमासमेत अस्ट्रेलिया पराजित भएको थियो।

अस्ट्रेलियाले सन् २०२२ को सुपर लिग क्वाटरफाइनलमा भने पाकिस्तानमाथि शानदार जित निकालेको थियो। अस्ट्रेलियाले दिएको २७६ रनको लक्ष्य पूरा गर्न नसक्दा उक्त प्रतिस्पर्धामा पाकिस्तान ११९ रनले पराजित भएको थियो। ३५ ओभर मात्र खेलेको पाकिस्तान १५७ रनमा अलआउट भएको थियो।

भारत फाइनलमा

पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई दुई विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको छ। दक्षिण अफ्रिकाले दिएको २४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको भारतले ४८.५ ओभरमा आठ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।

भारतका लागि सचिन धसले सर्वाधिक ९६ रन र कप्तान उदय सहारनले ८१ रन बनाए। त्यस्तै राज लिम्बानीले चार बलमा १३ रन बनाउँदै नटआउट रहे। दक्षिण अफ्रिकाका क्वेना माफाका तथा ट्रिस्टन लुस ३-३ विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा सात विकेट गुमाउँदै २४४ रन बनाएको थियो। उसका लागि जुआन ड्रे प्रिटोरियसको ७६ र रिचर्ड स्लेट्सवेनको ६४ रन बनाए। भारतका लागि राज लाम्बानीले ३ तथा मुशिर खानले २ विकेट लिएका थिए।

यू-१९ विश्वकपमा कसको जित कति ?

अहिलेसम्म भारतले सर्वाधिक ५ पटक यू-१९ विश्वकपको उपाधि जितेको छ। अष्ट्रेलियाले तीन पटक उपाधि हात पारेको छ भने पाकिस्तानले दुई उपाधि उचालेको छ। बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्डले एक एक पटक उपाधि जितेका छन्।

 

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ६ : ५१ बजे

कुलमानले लाइन काट्दा प्रधानमन्त्री र ऊर्जामन्त्री तमासे

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले बिहीबार राति ३४ उद्योगमा बिजुलीको

रास्वपा नेताहरूलाई सहकारी पीडितको प्रश्न- हामीले दुई वर्षदेखि हारगुहार गर्दा कहाँ हुनुहुन्थ्यो ?

काठमाडौं–संसदीय छानबिन समितिले प्रतिवेदन बुझाइसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा केन्द्रित

ओली, देउवा र प्रचण्डबाट पार लाग्दैन

राजनीति भनेको संकट र समाधान दुवै हो । देशले संविधानसधभाबाट

‘राजनीतिक स्थिरता र आर्थिक समृद्धि ल्याउन कांग्रेस-एमाले मिलेका हुन्’

काठमाडौं- उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम

चीनको युन्नान प्रान्तद्वारा ललितपुरलाई सामुदायिक बाथरुमसहितको परियोजना हस्तान्तरण

काठमाडौं– चीनको युन्नान प्रान्तले ललितपुर महानगरपालिकालाई जनकल्याणकारी परियोजना हस्तान्तरण गरेको