गायिका कमला घिमिरेले ‘माइली’ बाट फिल्ममा डेब्यू गर्ने पक्का « Khabarhub

गायिका कमला घिमिरेले ‘माइली’ बाट फिल्ममा डेब्यू गर्ने पक्का


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाल गायिकाका रूपमा चर्चा बटुलेकी कमला घिमिरेले ‘माइली’ बाट फिल्ममा डेब्यू गर्ने भएकी छन् । उनले निर्माण पक्षसँग सम्झौता गरिसकेकी छन् ।

निर्माण पक्षले कमलाको पोस्टरलुक पनि सार्वजनिक गरेको छ । पोस्टरमा कमलालाई मन्द मुस्कानमा देखाइएको छ । उनको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ ।

उनले फिल्ममा अनुबन्धपछि संगीतमा जस्तै अभिनयमा पनि दर्शकबाट साथ पाउने अपेक्षा राखिन् । फिल्ममा अवसर पाउने कारण संगीत नै रहेको उनको बुझाइ छ ।

यसअघि नायिका करिश्मा मानन्धर र प्रियंका कार्की यो फिल्ममा अनुबन्ध भइसकेका छन् ।  रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने यो फिल्मको निर्देशन बाबू साहेब बलामीको रहेनेछ ।

निर्देशक बलामीका अनुसार सत्य घटनामा आधारित हुने यो फिल्ममा महिलाले भोग्ने पीडा देखाइनेछ । उनले कथाबारे जानकारी दिँदै भने, ‘दलित महिलाको श्रीमान् नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउँछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यही समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ।’

असार अन्तिमबाट छायांकनमा निस्कने योजनामा निर्माण पक्ष रहेको छ । असारको अन्तिमबाट छायांकन गरिने फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १ : ०० बजे

अमेरिकाको जलवायु सन्धि बहिर्गमन खेदजनक : ईयू

एजेन्सी– युरोपेली सङ्घ (ईयू) युनियनका जलवायु प्रमुखले अमेरिकाले संयुक्त राष्ट्रसङ्घीय

एनएमबि बैंकको ३० औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा

विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व परिवर्तन कति सम्भव ?

काठमाडौं– यतिबेला देशकै ठूलो पार्टी नेपाली कांग्रेसको विशेष महाधिवेशनको विषय

निषाद जातिको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ 

काठमाडौं– सर्वोच्च अदालतले निषाद जातिलाई आरक्षण कोटा निर्धारण गर्न आदेश

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

जानकी– जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता