गायिका कमला घिमिरेले ‘माइली’ बाट फिल्ममा डेब्यू गर्ने पक्का « Khabarhub

गायिका कमला घिमिरेले ‘माइली’ बाट फिल्ममा डेब्यू गर्ने पक्का


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाल गायिकाका रूपमा चर्चा बटुलेकी कमला घिमिरेले ‘माइली’ बाट फिल्ममा डेब्यू गर्ने भएकी छन् । उनले निर्माण पक्षसँग सम्झौता गरिसकेकी छन् ।

निर्माण पक्षले कमलाको पोस्टरलुक पनि सार्वजनिक गरेको छ । पोस्टरमा कमलालाई मन्द मुस्कानमा देखाइएको छ । उनको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ ।

उनले फिल्ममा अनुबन्धपछि संगीतमा जस्तै अभिनयमा पनि दर्शकबाट साथ पाउने अपेक्षा राखिन् । फिल्ममा अवसर पाउने कारण संगीत नै रहेको उनको बुझाइ छ ।

यसअघि नायिका करिश्मा मानन्धर र प्रियंका कार्की यो फिल्ममा अनुबन्ध भइसकेका छन् ।  रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने यो फिल्मको निर्देशन बाबू साहेब बलामीको रहेनेछ ।

निर्देशक बलामीका अनुसार सत्य घटनामा आधारित हुने यो फिल्ममा महिलाले भोग्ने पीडा देखाइनेछ । उनले कथाबारे जानकारी दिँदै भने, ‘दलित महिलाको श्रीमान् नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउँछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यही समाज जातियताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ।’

असार अन्तिमबाट छायांकनमा निस्कने योजनामा निर्माण पक्ष रहेको छ । असारको अन्तिमबाट छायांकन गरिने फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १ : ०० बजे

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण