वेस्ट बैंकमा भएको हत्याको स्वतन्त्र छानबिन गर्न माग « Khabarhub

वेस्ट बैंकमा भएको हत्याको स्वतन्त्र छानबिन गर्न माग


२२ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

जेरूसेलम –वेस्ट बैंकमा इजरायली बस्तीको विरोधमा प्रदर्शन गर्ने गर्दा टर्की र अमेरिकाको दोहोरो नागरिकता भएकी महिलाको गोली हानी गरिएको हत्याको  छानबिनको माग परिवारले गरेको छ ।

इजरायली सेनाले एक महिलालाई टाउकोमा गोली हानी हत्या गरेको आरोप लगाउँदै घटनाको स्वतन्त्र छानबिनको माग गरिएको हो।

वैस्ट बैंकको बेइटामा शुक्रबार भएको प्रदर्शनमा भाग लिने क्रममा २६ वर्षीय आइसेनुर एज्जी आइगीको टाउकोमा गोली लागेको थियो ।

‘हाम्रो जीवनमा उनको उपस्थितिलाई इजरायली सेनाले अनावश्यक, गैरकानुनी र हिंसात्मक रूपमा लिएको थियो,’ आइगीको परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

शान्तिपूर्वक न्यायका लागि आवाज उठाएकी आइसेनुरको गोली लागेर मृत्यु भएको थियो।

विज्ञप्तिमा भनिएको छ, ‘हामी राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस र विदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई एक अमेरिकी नागरिकको गैरकानुनी हत्याको स्वतन्त्र अनुसन्धानको आदेश दिन र दोषी पक्षहरूको पूर्ण जवाफदेहीता सुनिश्चित गर्न आह्वान गर्दछौं।’

इजरायली सेनाले प्रदर्शनका क्रममा सेनामाथि ढुङ्गा प्रहार गर्ने र उनीहरूका लागि खतरा उत्पन्न गर्ने हिंसात्मक गतिविधिका मुख्य उक्साहटकर्तालाई आफ्नो सेनाले गोली चलाएको बताएको छ ।

इन्टरनेसनल सोलिडारिटी मुभमेन्ट (आईएसएम) का अनुसार आइगी आईएसएमकी सदस्य थिइन् र उनी इजरायली बस्ती विस्तारको विरोधमा भएको साप्ताहिक प्रदर्शनमा ऐक्यवद्धता प्रकट गर्न शुक्रबार बेइटामा पुगेकी थिइन् । 

 प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले बेइटाको छेउछाउमा साप्ताहिक विरोध प्रदर्शनहरू गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ भदौ २०८१, शनिबार  २ : ०१ बजे

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले