आज फलफूल तथा तरकारीको मूल्य कति ? | Khabarhub Khabarhub

आज फलफूल तथा तरकारीको मूल्य कति ?


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज हरियो अंगुर प्रतिकेजी २२० रुपैयाँ, कालो अंगुर ३२०, केरा १३०, अनार ३००, किबी २५०, एभोकाडो २५०, अमला ७० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यसैगरी, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ४० रुपैयाँ, लोकल सानो गोलभेडा १०, अदुवा १५०, रातो आलु ३४, रातो भारतीय आलु ३० रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली २५, कागती १२०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ७०, अकबरे हरियो खुर्सानी ४५० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजर प्रतिकेजी ३५ रुपैयाँ, लोकल बन्दा ३०, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी ८०, हरियो फर्सी लाम्चो २०, डल्लो हरियो फर्सी ३० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । यस्तै, तोरीको साग ४०, रायो साग ३०, चमसुर, पालुँगो,  मेथी र सौफको साग ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

तराइ परबर १२०, गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ९०, चाइनिज प्याज ६०, हरियो प्याज ९० र पुदिना २२० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन ११०, नेपाली सुकेको लसुन २६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ ।

 

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ९ : १७ बजे

नेपालमा एकैदिन पाँच हजार ५७ पिन्ट रक्तदान (तस्बिरहरू)

काठमाडौँ – नेपालमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले शुक्रबार एकैदिन पाँच

स्वयम्भू मेलामा दुई लाख बढीले गरे अवलोकन

काठमाडौं– स्वयम्भूमा जारी एकमहिने मेलामा दुई लाख बढी भक्तजनले दर्शन

झोलुङ्गे पुल बनेपछि यात्रा सहज

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएपछि

फोहरमैला व्यवस्थापन केन्द्रमा तालाबन्दी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ स्थित फोहरमैला व्यवस्थापन केन्द्रमा सामुदायिक

आर्यन खानको निर्देशकीय डेब्यू : शाहरुख खानको वंशजबाट नयाँ पिँढीको संकेत

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले आफ्नो पहिलो