दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा राष्ट्रियसभाको १९ सिटका लागि ५२ जनाको उम्मेदवारी, डेडिकेटेड लाइनको बक्यौता पनि उठ्ने र उद्योग पनि चल्ने विकल्प खोजौँ : प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षबीच भेट, उच्च अदालतका न्यायाधीशले लिए शपथ, आरती साहको पक्षमा प्रदर्शन गर्ने अभियन्ता पक्राउलगायतका समाचारले प्रमुख स्थान पाए । 

राष्ट्रियसभाको १९ सिटका लागि ५२ जनाको उम्मेदवारी 


राष्ट्रियसभामा रिक्त हुने १९ सिटका लागि ५२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको दिन आज१९ सिटमा ५२ जनाको उम्मेदवारी दर्ता भएको हो ।

निर्वाचन आयोगका अनुसार सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

डेडिकेटेड लाइनको बक्यौता पनि उठ्ने र उद्योग पनि चल्ने विकल्प खोजौँ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले ट्रंक र डेडिकेटेड लाइनको विवादलाई सहमतिको आधारमा टुंगो लगाउनुपर्ने बताएका छन् ।

यो समस्या समाधानका लागि व्यवसायीले विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने र उद्योग पनि चल्ने विकल्पमा जानुपर्ने उनको भनाई छ ।

चार दलको सिन्डिकेटका कारण जनतामा नैराश्यता छायो : सिके राउत
जनमत पार्टीका अध्यक्ष सिके राउतले मुलुकमा चार राजनीतिक दलको सिन्डिकेटका कारण जनतामा निराशा छाएको बताएका छन ।

आज भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राज्यको हरेक अंगमा कब्जा गर्ने चार दलको सिन्डिकेटका कारण जनतामा निराशा छाएको बताए ।

नीति निर्माणमा जनताको निगरानी र हस्तक्षेप आवश्यक : प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति निर्माणमा जनताको नियमन, निगरानी र हस्तक्षेप आवश्यक रहेको बताएका छन् ।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समापनका अवसरमा बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशद्वारा आज संयुक्त रूपमा आयोजित समीक्षा बैठकमा प्रधानमन्त्रीले शासन प्रणालीमा जनताको निगरानी र हस्तक्षेप लागू गर्न चाहेको बताए ।

राष्ट्रियसभाका अध्यक्ष र आयरल्याण्डको माथिल्लो सभाका अध्यक्षबीच भेट
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरबीच आज भेटवार्ता भएको छ ।

नेपालको पाँचदिने औपचारिक भ्रमणमा रहेका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटवार्ता गरेका हुन् ।

आरती साहको पक्षमा प्रदर्शन गर्ने अभियन्ता पक्राउ
आरती साहको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका पीडितका आफन्त र अभियन्तालाई सोमबार प्रहरीले राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय अगाडिबाट पक्राउ गरेको छ ।

लगानी भित्र्याउन सरकारले वातावरण बनाइरहेको छ: अर्थमन्त्री
अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकमा लगानी भित्र्याउन सरकारले आवश्यक वातावरण बनाइरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित भारत(नेपाल बिजनेश फोरममा मन्त्री महतले नेपालमा लगानीका धेरै उपयुक्त क्षेत्र रहेकाले लगानी गर्न आह्वान गर्दै सरकारले आवश्यक वातावरण बनाइरहेको बताएका हुन् । उनले लगानीलाई सहज गर्न पुराना कानूनहरूलाई परिमार्जन गर्दै लैजाने उल्लेख गरेका छन् ।

उच्च अदालतका न्यायाधीशले लिए शपथ
उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन।

आज पाटन उच्च अदालतमा मुख्य न्यायाधीश नृपध्वज निरौलाले न्यायाधीशहरुलाई शपथ गराएका हुन ।

अर्थतन्त्र सुधारका लागि सरकारलाई उद्योग परिसङ्घको सुझाव
नेपाल उद्योग परिसङ्घले मुलुकको अर्थतन्त्रको विकासका लागि कानुनमा गरिनुपर्ने सुधारसम्बन्धी विस्तृत सुझाव सरकारलाई बुझाएको छ ।

परिसङ्घ अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो सुझाव हस्तान्तरण गरेको परिसङ्घले जनाएको छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा निर्देशकमा डा. थापा नियुक्त
स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाको निर्देशकमा डा। श्रवणकुमार थापा नियुक्त भएका छन ।

सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले डा। थापालाई व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी दिएका हुन्।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ९ : ०० बजे

आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस

काठमाडौं– आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा

लोपोन्मुख ‘रेड पान्डा’ संरक्षण गर्न क्यामेरा जडान

भोजपुर- भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षण थालिएको छ

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीस्थित सरस्वती माविका विद्यार्थीहलाई ‘हाउस

झोलुङ्गे पुल बनेपछि आवतजावतमा सहज

दाङ– दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने

लुम्बिनी र गण्डकीको सीमानामा प्रहरी चौकी स्थापना

पाल्पा– लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सीमानामा पर्ने पाल्पाको निस्दी