महिलाको राजनीतिक अधिकार स्थापित भएको छ : सभामुख « Khabarhub

महिलाको राजनीतिक अधिकार स्थापित भएको छ : सभामुख


२५ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसले सामाजिक सचेतना अभिवृद्धि गर्दै साझा अभियानमा सहभागी हुन सबैलाई उत्प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

उनले महिला दिवसका अवसरमा आज यहाँ जारीगरेको शुभकामना सन्देशमा स्वदेश एवं विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । 

‘विश्वमा सदियौँदेखि चलिरहेको महिला अधिकार आन्दोलन फरकफरक स्वरूपमा आज पनि जारी छ, नेपालमा पनि विभिन्न आन्दोलनले महिलाको राजनीतिक अधिकारलाई विश्वमै उदाहरणीय हुने गरी स्थापित गरेको छ’, शुभकमना सन्देशमा भनिएको छ, ‘राजनीतिक अधिकारको अर्थ समानता, स्वतन्त्रता, अवसर, पहुँच, पहिचान र हैसियतको प्रयोगमा बराबरीको हिस्सा पनि हो, राजनीतिकरूपमा महिलाको अधिकार सुनिश्चित भए पनि सशक्तीकरणको लक्ष्य प्राप्त गर्न सबै पक्ष र क्षेत्रमा सकारात्मक सोच, दृढ इच्छाशक्ति र प्रतिबद्धता हुन जरुरी छ ।’

‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ यो दिवस नेपालमा आर्थिक र सामाजिक सशक्तीकरणका लागि लगानीको सुनिश्चित गर्न सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरी मनाइँदैछ । प्रत्येक मार्च ८ को दिनमा नारीहरूको सम्मान, जागरण, हक, अधिकारको सुनिश्चित गर्दै संसारभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ । 

अन्तर्राष्ट्रिय महिला दिवसलाई महिला जागरुकतासम्बन्धी दिवसको रुपमा पनि लिने गरिएको छ । राजनीतिक तवरबाट सुरू भएको भए तापनि हाल यस दिवसमा महिला अधिकार, महिला सशक्तीकरण र लैङ्गिक समानता आदि सवालमा बहस हुने गरेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ७ : ३८ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा