कञ्चनपुरमा चैते धानखेती घट्दै  « Khabarhub

कञ्चनपुरमा चैते धानखेती घट्दै 


२६ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बेदकोट कञ्चनपुरमा विगतको तुलनामा चैते धानखेती घट्दै गएको छ । विगतका वर्षको तुलनामा पछिल्लो केही वर्षयता चैते धानखेतीको क्षेत्र घट्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । 

कुनैबेला कञ्चनपुरमा तीन-चार सय हेक्टर क्षेत्रमा चैते धानखेती हुने गरेकामा अहिले उक्त क्षेत्रफल खुम्चिएर एक सय ५० हेक्टरमा पुगेको केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले जानकारी दिए । 

सिँचाइको सुविधा नहुँदा चैते धानखेती घट्दै गएको जोशीको भनाइ छ ।

कृषकले बेर्ना राख्नेदेखि रोपाइँ गर्नेलगायतमा समस्या झेल्न थालेपछि चैतमा धान रोप्न छाडिएको बताउँछन् । जिल्लाको भीमदत्त नगरपालिकाको दक्षिणी क्षेत्र, वेदकोट, कृष्णपुर, बेलडाँडी, बेलौरी र पुनर्वासलगायत क्षेत्रमा चैते धानखेती बढीमात्रामा गरिनेमा अहिले कृषकको सङ्ख्या पनि घट्दै गएको केन्द्रका सूचना अधिकारी जोशीले बताए। उनका अनुसार भीमदत्त, बेलडाँडी र बेलौरीको केही क्षेत्रमा अहिले पनि खेती भइरहेको छ । 

कञ्चनपुरमा चैते धानको उत्पादन भने राम्रो हुने गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी जोशीले बताए। निकै सम्भावना बोकेको यो खेतीबाट दोहोरो फाइदा लिन सकिने उनको भनाइ छ । चैते धानखेती विशेष गरेर चिउरा तथा भुजाका लागि उपयुक्त मानिन्छ । स्थानीयस्तरमा उत्पादित धानले सहजै बजार नपाउँदा बिक्रीवितरणमा समस्या हुने गरेको कृषकको भनाइ छ । 

किसानलाई चैते धानतर्फ आकर्षित गर्न चैते धान प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमअन्तर्गत उक्त धान प्रदर्शनका साथै कृषकलाई बीउवितरण गरिँदै आइएको सूचना अधिकारी जोशीले जानकारी दिए। केन्द्र र प्रधानमन्त्री कृषि आयोजनाले संयुक्तरुपमा चैते धान प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिरहेको छ । यसअन्तर्गत चैते–५हर्दिनाथ जातका धानको बीउ वितरण गरिएको उनको भनाइ छ । 

कञ्चनपुरको बेलौरी, पुनर्वास, भीमदत्त, बेदकोट, कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, दोधाराचाँदनी, लालझाडीलगायत क्षेत्रमा गरेर ४८ हजार चार ९६ हेक्टर जमिनमा धान खेती गरिन्छ । 

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ७ : १४ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका