पर्वतमा जेठोबुढो धानको उन्नत बीउ उत्पादन गरिँदै « Khabarhub

पर्वतमा जेठोबुढो धानको उन्नत बीउ उत्पादन गरिँदै


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

पर्वत– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुइ एकाइ पर्वतले जिल्लाका पाँच स्थानमा जेठोबुढो धानको बीउ उत्पादन सुरु गरेको छ । 

एकाइले धान उत्पादनको पकेट क्षेत्रका रुपमा रहेका कुश्मा नगरपालिका–१ पाङ, वडा नं २ खुर्कोट, वडा नं ११ पकुवा, फलेवास नगरपालिका–६ देवीस्थान र बिहादी गाउँपालिका–२ बर्राचौरमा जेठोबुढो जातको उन्नत बीउ उत्पादन गर्न सुरु गरेको हो । 

पछिल्लो समय नेपाली भान्छामा जेठोबुढो चामलको माग अत्यधिक बढ्दै गएको छ । स्वदेशमा मात्र नभई विदेशमा रहेका नेपाली रेष्टुरेण्टमा पनि जेठोबुढो चामलको माग बढी हुन थालेकाले बीउ उत्पादन गर्न थालिएको परियोजना बागलुङका प्रमुख नारायण पौडेलले बताए। उनका अनुसार स्वादिलो, बास्नादार र गुणस्तरको हिसाबले पनि उपयुक्त भएकाले पर्वतमा यसको विस्तारसँगै बीउ उत्पादन गर्न थालिएको हो । 

विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा धानखेती हुँदै आए पनि यस वर्ष बीउ उत्पादन गर्न थालिएको परियोजना प्रमुख पौडेलले बताए। कार्यालयले खेतमा धानको बीउ उमार्ने, रोप्ने, गोडमेल गर्ने, उत्पादित बीउ छनौट तथा भण्डारणसम्मका काममा प्राविधिक सहयोग गर्ने उनले जानकारी दिए।

बीउ उत्पादनका लागि यस वर्ष परियोजनाले पाँच सय ८० किलो मूल बीउ वितरण गरेको छ । अहिले उमार्न थालिएको मूल बीउबाट जिल्लाको सात सय हेक्टर क्षेत्रफलमा धानखेती गरिने परियोजना प्रमुख पौडेलले जानकारी दिए । यस वर्ष उत्पादित बीउबाट आगामी वर्ष जिल्लाका साथै अन्य जिल्लामा पनि बिक्री गर्ने उद्देश्यले उत्पादन थालिएको उनले बताए।

जेठोबुढो धानको विस्तारका लागि चालु आर्थिक वर्षमा १० लाख विनियोजन भएको कार्यालयले जनाएको छ । जुनसुकै हावापानीमा पनि सहज रुपमा उत्पादन गर्न सकिने भएकाले जिल्लाका ६१ वटै वडामा जेठोबुढो धानखेती गर्न सकिने कार्यालयले जनाएको छ । 

खानका लागि चामल मात्र नभई बीउ नै उत्पादन गर्न सकेमा कृषकको आम्दानीसमेत बढ्ने बिहादी–२ बर्राचौरका कृषक रामप्रसाद पराजुलीले बताए। यस वर्षदेखि प्राविधिकको निगरानीमा वैज्ञानिक र आधुनिक पद्धतिबाट उत्पादन गरिने उक्त बीउले वैधानिकता पाउनेमा कृषक विश्वस्त छन् । 

कृषक गोविन्द पराजुलीले उत्पादित बीउ सहज रुपमा बिक्री वितरणको व्यवस्था परियोजनाले मिलाइदिनुपर्ने बताए। उनले कृषकलाई प्रोत्साहन गर्न उत्पादित धानका साथै बीउको बिक्रीमा बजारीकरणमा सहजीकरण गरिदिन उनले आग्रह गरे। 

परियोजनाले बीउका साथै आवश्यक प्राविधिक सहयोग गर्ने भएपछि बाँझै रहेको जग्गामा कतिपय कृषकले खनजोत गरेर धानखेती गर्न थालेको पराजुलीले बताए । 

पर्वतमा करिब नौ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । जिल्लाभर २६ हजार मेट्रिकटनभन्दा बढी धान उत्पादन हुने गरेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । 

पर्वतमा सावित्री, राम धान, च्याम्पियन, मकवानपुर, आपझुत्ते, मानिसरा, मनसुली, अनदी, कालो मसिनो, यूएस, महाराजा, होलसी, बहुबुडी, हर्दिनाथ, जेठोबूढो, पहेँले, गुर्दी, एक्ले, खुमल, गौरिया, झिनुवा, बिरमफूल, पोखरेली जेठो बूढो, गुर्जा, लुम्ले, माछापुच्छ्रे, जर्नेली, सुगन्ध, हाइब्रिडलगायत जातका धान लगाउने गरिन्छ । केही पुराना जातका धान भने लोप भइसकेको केन्द्रले जनाएको छ । 

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ४ : १० बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका