एमाले काठमाडौंको जिल्ला अधिवेशन सुरु « Khabarhub

एमाले काठमाडौंको जिल्ला अधिवेशन सुरु


२६ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


840
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को काठमाडौँ जिल्लाको सातौँ अधिवेशन सुरु भएको छ । पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका हुन् । 

अधिवेशन उद्घाटन सत्रमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त, काठमाडौँ इन्चार्ज आनन्द पोखरेल, बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेललगायत नेताहरू सहभागी रहेका छन् ।

जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले अधिवेशनमा पाँच सय ८५ प्रतिनिधि रहेको र बन्दसत्र आइतबारदेखि बबरमहलमा हुने जानकारी दिनुभयो । बन्दसत्र सञ्चालनका लागि इञ्चार्ज पोखरेलको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।

अधिवेशनले पदाधिकारीसहित दुई सय २५ सदस्यीय जिल्ला कमिटी र सात सदस्यीय लेखासमिति निर्वाचित गर्नेछ । हालसम्म एमालेका ६३ जिल्ला अधिवेशन सम्पन्न भइसकेका छन् । एमालेको जेठभित्रमा जिल्ला अधिवेशन सम्पन्न गर्ने लक्ष्य छ ।

प्रकाशित मिति : २६ जेठ २०८१, शनिबार  ४ : १७ बजे

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब

‘आहा–रारा कप’ को तयारी पूरा

कास्की– ‘आहा–रारा कप’ को तयारी पूरा भएको छ । आइतबार

भारतको बजेट : भुटानलाई सबैभन्दा धेरै अनुदान, बंगलादेश र माल्दिभ्सको सहायता घट्दा नेपालको बढ्यो

नयाँ दिल्ली- भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज फेब्रुअरी १ मा

निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी