समाचार

आजका समाचार : प्रधानमन्त्री उद्धार कोषमा सहयोग बढ्दै, क्षतिको मूल्यांकन गरी स्थानीय तहमा बजेट दिइने र दशैँमा राजधानी छोड्नेको सङ्ख्या घट्यो

By खबरहब

October 08, 2024

विकास निर्माणका काम आमूल परिवर्तनको शैलीमा गर्नुपर्छ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा सामान्य सुधार नभई आमूल परिवर्तनकै शैलीबाट काम हुनुपर्ने बताएका छन् ।

लगानी बोर्डको ५९औँ बैठकमा बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले काम रोकिने, ढिलाइ हुने, कानुनी र व्यवहारिक जटिलता हुने स्थितिको अन्त्य गरी प्रभावकारीरूपमा काम गर्न आग्रह गरेका हुन् ।

बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीबाट प्रस्तुत आगामी चार वर्षका लागि रणनीतिक तथा व्यावसायिक कार्ययोजनालाई सैद्धान्तिक स्वीकृति दिएको छ । यस्तै बैठकमा चालु तथा कार्यान्वयनको चरणमा रहेका, सम्झौता र मूल्याङ्कनका चरणमा रहेका विभिन्न परियोजनाबारे जानकारी गराइएको थियो । प्रधानमन्त्री ओली र प्रमुख कार्यकारी ज्ञवाली नियुक्त भएपछि बोर्डको यो पहिलो बैठक हो ।

राष्ट्रपतिबाट विजयादशमीमा टीका तथा प्रसाद प्रदान हुने

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम हस्तान्तरण

राष्ट्रपतिसमक्ष निर्वाचन र महिला आयोगका प्रतिवेदन प्रस्तुत

कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता गर्ने

प्रधानमन्त्रीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ पुस्तकको लोकार्पण

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

एक साताभित्र बीपी राजमार्गमा सवारी चलाउने व्यवस्था हुन्छ 

सरकारले भारतबाट २० वटा बेलिब्रिज ल्याउने

क्षतिको मूल्यांकन गरी स्थानीय तहमा बजेट दिइने

काठमाडौँ महानगर र पशुपति विकास कोषबीच सहमति पत्रमा हस्ताक्षर

दशैँमा घर जाने हतारो दशैंको माहोल चलिरहँदा विभिन्न कारणले घरबाट टाढा भएकाहरू दशैं मनाउन घर फर्किनेहरू हतारोमा छन् । जस्तोसुकै सकसपूर्ण यात्रा भए पनि दशैंमा घर जान सबैलाई हतारो हुन्छ ।

विद्यार्थी र जागिरहरूले छुट्टी पाइसकेका छन् । दशैंको टीकाको दिन नजिकिंदै गर्दा काठमाडौंबाट गाउँघर फर्कनेहरूको सङ्ख्या ह्वात्तै बढेको छ ।

काठमाडौंबाट बाहिरिने मुख्य नाकाहरु कलङ्की, बल्खु, कोटेश्वर, बालाजुलगायतका क्षेत्रमा घर फर्कनेहरूको बिहानदेखि साँझसम्म ठूलो भीड देखिन्छ ।

इजरायलबाट विपिनसँगै अपहृत ९७ जनाको अवस्था अझै अज्ञात

तस्बिरहरु

पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरबाट ३९२ किलो गाँजा बरामद

ललितपुरको खोकनामा सिकाली जात्रा (तस्बिरहरु)

दसैँमा पनि मानव अधिकार आयोग खुला रहने

दुई चित्तल मारेर लैजान लागेका एकजना पक्राउ

बागलुङका शक्तिपीठमा भक्तजनको घुइँचो

दशैँमा राजधानी छोड्नेको सङ्ख्या आधाले घट्यो

क्षतिग्रस्त सडक सञ्चालन अभियानमा सेना नेपाली सेनाले क्षतिग्रस्त सडक मर्मत गरी पुनः सञ्चालन गर्ने अभियान थालेको छ ।

यही असोज दोस्रो साता परेको अविरल वर्षासँगैको विपद्बाट क्षतिग्रस्त राजमार्ग, रणनीतिक महत्वको पक्की पुल र ग्रामीण सडक मर्मत गर्न छ हजार सकल दर्जा खटिइरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताए।

जल तथा मौसम विज्ञान विभागको अनुमानसँगै सेनाले १४ हजार जनशक्ति विपद् प्रतिकार्यमा खटाउन तयार गरेको थियो । विपद् प्रभावित जिल्लाहरु काठमाडौँ, ललितपुर र भक्तपुरसँगै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, रामेछाप र पाँचथरमा तत्काल खोज तथा उद्धारमा जुटेको उनले जानकारी दिए।

धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु

हिमाली पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु

उदयपुरलाई बाढी प्रभावित संकटग्रस्त जिल्ला घोषणा गर्न एमालेको माग

बाढीपहिरोबाट काभ्रेमा ४२ करोड बढीको क्षति

एनआरएनएद्वारा काभ्रेका बाढीपीडितलाई राहत वितरण

दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष गुरुङको मृत्यु

ललितपुरका बाढी प्रभावितलाई ‘छोरी’ संस्थाद्वारा प्याड वितरण

नेपालमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो

नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घद्वारा राहत सामग्री सहयोग

आफ्नो पूर्वाधारमा आक्रमण नगर्न इजरायललाई इरानको चेतावनी

तेहरान– इरानले मंगलबार गत साता इरानको क्षेप्यास्त्र प्रहारपछि तेल वा आणविक केन्द्रहरूमा सम्भावित इजरायली आक्रमणको आशंकाबीच इजरायललाई आफ्ना कुनै पनि पूर्वाधारमा आक्रमण नगर्न चेतावनी दिएको छ ।

‘इरानमा कुनै पनि पूर्वाधारमाथि आक्रमण भए यसले अझ बलियो प्रतिक्रिया निम्त्याउनेछ’, सरकारी टेलिभिजनले विदेशमन्त्री अब्बास अराघचीलाई उद्धृत गर्दै भनेको छ ।

इजरायलले आफ्नो प्रमुख शत्रुमाथि अक्टोबर १ मा गरेको क्षेप्यास्त्र आक्रमणको जवाफ तयार गरिरहेको बताएपछि अराघचीले त्यस्तो चेतावनी दिएका हुन् । इरानले पछिल्लो छ महिनामा इजरायलमाथि गरेको यो दोस्रो आक्रमण थियो ।

बङ्गलादेशमा बाढीका कारण छ जनाको मृत्यु, लाखौँ प्रभावित

बङ्गलादेशमा संविधान सुधार आयोग गठन

रुस र चीनद्वारा प्रशान्त महासागरमा संयुक्त नौसैनिक गस्ती

भारतको हरियाणा विधानसभा निर्वाचन, कांग्रेसको सुरुवाती अग्रता