रविलाई म्याद थपका लागि अदालतमा पेस गरिँदै « Khabarhub

रविलाई म्याद थपका लागि अदालतमा पेस गरिँदै


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज म्याद थपका लागि कास्की जिल्ला अदालतमा पेस गरिँदैछ ।

पछिल्लो पटक मंसिर ९ गते थपिएको १५ दिनको म्याद शुक्रबारबाट सकिएपछि आज पुनः म्याद थपका लागि प्रहरीले अदालतमा पेस गर्न लागेको हो ।

लामिछानेमाथि काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम र वीरगञ्जको सानो पाइला सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत अपचलन गरेको आरोप छ । लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक हुन् ।

लामिछानेमाथि काठमाडौं, पोखरा, चिवत र रुपन्देहीमा बयान भइसकेको छ भने पर्सा जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेकाले म्याद थप पछि वीरगञ्ज लैजाने प्रहरीको तयारी छ ।

लामिछाने सहकारी गठी प्रकरणमा गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १० : ०१ बजे

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)

बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारीका परिवारलाई राहत दिन थालियो

काठमाडौं- गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका