हर्ष सुब्बालाई गिरीराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार « Khabarhub

हर्ष सुब्बालाई गिरीराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

सुनसरी– नेपाली पत्रकारितामा विगत चार दशकदेखी सक्रिय रहँदै आएका वरिष्ठ पत्रकार हर्ष सुब्बालाई ‘गिरीराज सृजनशील पत्रकारिता सम्मान’ प्रदान गरिएको छ ।

धरानमा शुक्रवार आयोजित एक समारोह बिच पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार’ प्रदान गरे । सुब्बालाई नगद २५ हजार रुपैयाँ राशि सहित सम्मान पत्र प्रदान गरिएको थियो ।

संचारकर्मी सुब्बा सुरुचि, देशान्तर साप्ताहिक हुँदै धरानबाट हालसम्म प्रकाशित हुँदै आएको पुर्वटाइम्स साप्ताहिक र कपुरी अनलाइन पत्रिकामा सक्रिय रहेका छ । उनी अढाई दशकसम्म कान्तिपुरमा दैनिकमा सक्रिय रहेका थिए ।

सिमान्तीकृत, पिछडिएका र आदिवासी जनजातिका मुद्दा, उनीहरूका कला संस्कृति, भाषा लिपिका मुद्दा, शिक्षा, स्वास्थ्य र राजनीतिक समस्यालाई मूलधारको मिडियामा नल्याएसम्म राज्यको ध्यानाकर्षण नहुने बताउँदै आएका छन् । उनले भने, ‘मिडियामा आम मानिसको मुद्दा लेखिन्जेल म पत्रकार हो । तर लेख्न छाडेको दिन पत्रकारको बिल्ला भिर्नु नैतिकताले दिँदैन ।’

उक्त अवसरमा अर्का पत्रकार विनय प्रधानलाई पनि नगद २० हजार रुपैयाँ सहित ‘गिरीराज आचार्य सृजनशीलता पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
धरान उपमहानगरपालिका पूर्व मेयर तिलक राईले नेपाली काँग्रेसका संस्थापक सुनसरी जिल्ला सचिव गिरिराज आचार्यको सम्मानमा ‘गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार अक्षय कोष’ स्थापना गरेका हुन् । राई उपमहानगरपालिकामा नगर प्रमुख रहँदा आफूले पाउने तलब भत्ताको रकम सामाजिक सेवामा लगाउने प्रतिबद्धता जनाए अनुसार उक्त रकम मध्येबाट कोषको स्थापना गरेका हुन ।

पुरस्कार वितरण समारोहमा कांग्रेसका पुराना नेता तथा राजनीतिक लेखक गिरिराज आचार्यद्वारा लिखित ‘बिपी कोइरालाका साहित्यिक विचारहरू’ नामक पुस्तकको तेस्रो परिमार्जित संस्करणको विमोचन पूर्व प्रधानमन्त्री देउवाले गरेका थिए । समारोहमा केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ, सहमहामन्त्री भीष्मराज आङदेम्बे, केन्द्रीय सदस्य तथा गृहमन्त्री रमेश लेखक, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्र कार्की, मीन विश्वकर्मा, डिला सङ्ग्रौला, लक्ष्मी खतिवडा, राजीव कोइराला, राजीव ढुङ्गाना, प्रदीप सुनुवार, कोशी प्रदेश सभापति उद्धव थापा, प्रदेश महामन्त्री उमेश थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ७ : ३५ बजे

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती