दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा तपस्वी रामबहादुर बम्जन पक्राउ, विद्युत् महसुल नबुझाएका उद्योगको लाइन जोड्न सरकारको निर्देशन, न्याय सेवाका दुई सयभन्दा बढी कर्मचारीको सरुवा, वैदेशिक रोजगारीमा जाने युवालाई सस्तोमा ऋण दिने व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन, कोशीको सभामुखमा अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचितलगायतका समाचारले प्रम्ख स्थान पाए । 

तपस्वी रामबहादुर बम्जन पक्राउ
प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले उनलाई काठमाडौँको बुढानीलकण्ठ हात्तिगौंडाबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता नवराज अधिकारीले पुष्टि गरे ।

विद्युत् महसुल नबुझाएका उद्योगको लाइन जोड्न सरकारको निर्देशन
सरकारले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएर महशुल नबुझाएका कारण लाइन काटिएका उद्योगहरूको विद्युत लाइन जोड्न निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंक लाइन महशुल विवाद छानविन गरि प्रतिवेदन पेश गर्न सर्वोच्चका पूर्वन्यायाधीश गिरिशचन्द लालको नेतृत्वमा उद्योग र उर्जा सहसचिव रहेको तीन सदस्य समिति गठन गर्दै हाललाई उद्योगहरूको काटिएको विद्युत जोड्न निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

न्याय सेवाका दुई सयभन्दा बढी कर्मचारीको सरुवा
न्याय सेवा आयोगले एकैपटक दुई सयभन्दा बढी कर्मचारीको सरुवा गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको आजको बैठकले अदालतका दुई सयभन्दा बढी कर्मचारीको सरुवा गरी जिम्मेवारी हेरफेर गरेको हो । सात उपसचिवसहित दुई सय १२ शाखा अधिकृतस्तरका कर्मचारी सरुवा गरिएको हो ।

वैदेशिक रोजगारीमा जाने युवालाई सस्तोमा ऋण दिने व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले वैदेशिक रोजगारीमा जाने युवालाई सस्तोमा ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयसँगको छलफलमा वैदेशिक रोजगारीमा जाने युवाहरू मिटरब्याजीहरू र दलालहरूबाट ठगिएको भन्दै सरकारले नै सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

पूर्वसर्त पूरा नभए महसुल तिर्नु पर्दैन : विद्युत् नियमन आयोग
विद्युत् नियमन आयोगले ट्रंक लाइनको सन्दर्भमा तत्कालीन विद्युत् महसुल निर्धारण आयोगले तोकेका सर्त पूरा नभएको भए विद्युत् प्राधिकरणले प्रिमियम महसुल लिन नपाउने बताएको छ ।

संसद्को भौतिक पूर्वाधार समितिको बैठकमा बोल्दै नियमन आयोगका सदस्य गौतम डंगोलले महसुल निर्धारण आयोगले तोकेका पूर्वसर्त पूरा नभएको अवस्थामा महसुल लिन नपाउने बताए ।

कोशीको सभामुखमा अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित
कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।

विराटनगरमा मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिन् ।

हिमालय एयरलाइन्सले पायो आयोसा सर्टिफिकेट
हिमालय एयरलाइन्सले ‘आयोसा’ प्रमाणपत्र प्राप्त गरेको छ । उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरणमा गरेको पहलकदमीस्वरूप एयरलाइन्स आयोसामा दर्ता हुने पहिलो नेपाली वायुसेवा कम्पनी बनेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयनप्रति रास्वपाको विमति
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयनप्रति विमति जनाएको छ ।

सिंहदरबारमा मंगलबार बसेको रास्वपा सचिवालय बैठकले संविधानको मर्म विपरित दलीय भागवण्डामा राष्ट्रियसभाको निर्वाचनमा दलहरूले उम्मेद्वार उठाएको भन्दै मनोनयनप्रति विमति जनाएको हो ।

‘डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद समाधान गर्न प्रयत्नशील छौँ’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद समाधान गर्न प्रयत्नशील रहेको बताएका छन् ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद समाधानका लागि उपयुक्त विकल्पको खोजीमा रहेको र छिटै समाधान निस्कने बताएका हुन् । उनले तीन दिनभित्र समाधानको उपयुक्त बिन्दु पहिल्याउने दावी समेत गरे ।

विधेयक संशोधन गर्दा गुणस्तरीय शिक्षालाई ध्यानमा राख्न आग्रह
प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘शिक्षा विधेयक, २०८०’ लाई गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता हुने गरी संशोधन गर्न शिक्षा क्षेत्रका सरोकारवाला, अभिभावक र संस्थाले सुझाएका छन् ।

विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँबाट राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा दायर गरिएका केही मुद्दामा भएको फैसला उपर चित्त नबुझेको जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ९ : ०० बजे

प्रहरीले भन्यो- रविलाई दुर्व्यवहार भएको छैन, कार्यकर्ता र समर्थकले भ्रम छरे

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री रवि लामिछानका नेता कार्यकर्ता

जीवनलाई सहज बनाउन एआईको उपयोगमा प्रधानमन्त्रीको जोड 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई

चिनियाँ वैज्ञानिक विङडिङलाई पर्यटनमन्त्री पाण्डेको सम्मान

काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात

हतियार नचलाए पनि बिसाउन लगाउन जानेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ