सत्ता साझेदार दलको बैठक बस्दै | Khabarhub Khabarhub

सत्ता साझेदार दलको बैठक बस्दै


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार वर्तमान सत्तारूढ दलहरूको बैठक अपराह्‍न ४ बजे बालुवाटारमा बस्ने भएको हो ।

आइतबार साँझ प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका महासचिव शंकर पोखरेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच भएको छलफलपछि आज सत्तारुढ दलको बैठक बोलाइएको हो ।

सरकार गठन भएको दुई महिना पुग्न लाग्दा पनि सरकारले न्यूनतम साझा कार्यक्रम नबनाएको भन्दै आलोचना भइरहेका बेला सत्तारुढ दलहरूले यस छलफलबाट न्यूनतम साझा कार्यक्रम बारे निर्णय गर्ने बुझिएको छ । 

जसअनुसार प्रधानमन्त्री ओली र सभापति देउवाबीच न्यूनतम साझा कार्यक्रम तय गर्न कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, प्रकाशशरण महत, एमालेबाट प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको कार्यदल बनाउने सहमति भएको बताइएको छ । 

साथै आजको बैठकले आम जनतामा रहेको निराशा चिर्ने र सरकारका कामलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल गर्ने एजेण्डा रहेको छ ।

कांग्रेसएमालेबीच गत असार १७ गते भएको सात बुँदे सहमति अनुसार असार ३० गते ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ७ : ५७ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– शंखरापुर नगरपालिका-५ पालुवारीस्थित सडकमा बा.६५ प ७९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री

स्वास्थ्यमन्त्री र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिहरूबीच आपसी सहयोगबारे छलफल 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले नेपालको

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

काठमाडौं– कैलालीको धनगढी उपमहानगरपालिका-३ चौराहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २

अमेरिकी करको प्रभाव घटाउन भारतद्वारा ५ अर्ब डलरको निर्यात प्रवर्द्धन योजना घोषणा

एजेन्सी– भारत सरकारले अमेरिकी उच्च भन्सार करको असर न्यून पार्दै

सीजीको साना घरायसी उपकरणले सार्वजनिक गर्‍यो एआई-सञ्चालित एयर फ्रायर

काठमाडौं– सीजीले नेपालकै पहिलो एआई-सञ्चालित एयर फ्रायर औपचारिक रूपमा सार्वजनिक गरेको छ