छानबिन समिति सहकारी पीडितलाई न्यायदिन सक्षम हुने विश्वास छः रवि लामिछाने « Khabarhub

छानबिन समिति सहकारी पीडितलाई न्यायदिन सक्षम हुने विश्वास छः रवि लामिछाने


२४ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी अपचलन सम्बन्धमा छानविन गर्न गठित संसदीय विषेश समिति सहकारीपीडितलाई न्याय दिन सक्षम हुने विश्वास व्यक्त गरेका छन् ।

धनगढीमा आज बसेको पार्टीको सुदूरपश्चिम प्रदेश दोस्रो विस्तारित बैठकमा उनले संसदीय समितिले मिहेनतका साथ काम गरिरहेकाले पीडितको समस्या समाधान हुने आफूलाई विश्वास रहेको बताए ।

सभापति लामिछानेले आफ्नोबारेमा गलत मनसायका साथ टिकाटिप्पणी भइरहेका भन्दै समितिको प्रतिवेदनबाट यो प्रष्ट हुने धारणा राखे। “जसको कुनै सहकारी छैन, उसैलाई सहकारी ठग भनिएको छ, पीडितलाई न्याय दिनेभन्दा पनि रविलाई डाम्न पाएहुन्थ्यो भन्ने पनि केहीलाई लागेको छ”, उनले भने,“यस विषयमा समितिले विधि र पद्दतिमा रहेर निष्कर्ष निकाल्ने नै छ ।”

लामिछानेले रास्वपाको प्रवेशले राष्ट्रिय राजनीति हल्लिएको दावी गरे । पार्टीका सहप्रवक्ता रमेश प्रसाईले पार्टीमा देखिएको उचारचडाबबाट बिचलित नभएर सङ्गठन निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ८ : ४५ बजे

संसद्ंमा नियमापत्तिको आधार पुष्टि गर्न सांसदलाई सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि

जोखिमयुक्त बस्तीका नागरिकको सुरक्षामा विशेष ध्यान दिन स्थानीय तहलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्रीले बालेन्द्र  शाहले जोखिमयुक्त बस्तीका बासिन्दाको सुरक्षामा विशेष

७७ वटै जिल्लामा सेना, प्रहरी र सशस्त्र तयारी अवस्थामा

काठमाडौँ । देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको

भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्रीले भने : सावधान रहौँ, सुरक्षित रहौँ

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले देशका विभिन्न स्थानमा भारीदेखि अति

शिक्षामन्त्री पोखरेलद्वारा ‘जेनजी’ आन्दोलनका सहिद परिवार तथा घाइतेहरूसँग छलफल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ‘जेनजी’ आन्दोलनका सहिद