पाकिस्तानमा प्रदुषणका कारण भाइरसजन्य रोग बढ्यो « Khabarhub

पाकिस्तानमा प्रदुषणका कारण भाइरसजन्य रोग बढ्यो


२३ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सीखराव धुवाँ अपर्याप्त सरसफाई, अस्वच्छ अवस्था र फोहोर व्यवस्थापन प्रणालीको असफलताका कारण पाकिस्तान डेङ्गु, मलेरिया र चिकनगुन्या जस्ता भाइरसजन्य रोगका केसहरुमा निरन्तर वृद्धि भइरहेको छ भने  कराँचीका बासिन्दाहरूको स्वास्थ्यमा गम्भीर असर पारेको छ ।

सिन्ध स्वास्थ्य विभागले सेप्टेम्बरमा मात्रै उक्त प्रान्तका एक हजार ५०० भन्दा बढी मानिस डेङ्गु भाइरसबाट प्रभावित भएको तथ्यांक सार्वजनिक गरेको डन पत्रिकाले जनाएको छ ।

पाकिस्तान मेडिकल एसोसिएसनका पूर्व महासचिव डा. कैसर सज्जादले विगत १०–१५  वर्षमा भाइरसजन्य रोगको सङ्ख्या बढेको बताएका छन् ।

समाधानका लागि कराँचीमा सरसफाइ र स्वच्छताको सन्दर्भमा गरिब सहर बनेको डर व्यक्त गर्दै उनले फोहोर व्यवस्थापन गर्न प्रभावकारी प्रणाली नभएसम्म अवस्था बिग्रने उल्लेख गरेका छन् ।  

उनले डेङ्गु, मलेरिया र चिकनगुन्याका सन्दर्भमा सहरको स्वच्छताको अभावले पनि राइनोभाइरस, राइनोफ्यारिन्जाइटिस र टाइफाइडको वृद्धि भएको बताएका छन् । 

स्थानीय प्रशासनले रोग नियन्त्रणको ‘व्यापक’ प्रयासको दाबी गरेपनि, नगरपालिका र स्वास्थ्य अधिकारीहरूले लिएको दृष्टिकोण यसको प्रभावकारिताको कमीका कारण प्रश्न उठेको  डनले जनाएको छ ।

सन् २०१६ मा सहरमा प्रारम्भिक चिकनगुन्याको प्रकोप हुँदा सङ्क्रामक रोगहरूबारे स्वास्थ्य मन्त्रालयका सल्लाहकार महामारी विज्ञान र निगरानी विशेषज्ञ डा राणा जावेद असगरले धूम्रपान रणनीतिको आलोचना गर्दै यसले न्यूनतम प्रभाव पारेको उल्लेख गरेका थिए।

एउटै प्रकारको लामखुट्टेले डेङ्गु, जिका भाइरस र चिकनगुन्या फैलाउने बताउँदै एक पटक यस्तो प्रकोप सुरु भएपछि सहजै  नियन्त्रण गर्न नसकिने भएकाले प्रकोप सुरु हुनुभन्दा केही  समयअघि नै सुरु गर्नुपर्ने उनले बताए । 

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ५ : ३० बजे

महाधिवेशनको प्रक्रिया केन्द्रीय समिति बैठकपछि अघि बढ्छ : सभापति थापा

भक्तपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय कार्यसमितिको बैठकपछि

टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय तथा पर्यटकीय गतिविधि बन्द

बेइजिङ- टाइफुन डल्फिन चीनको पूर्वी तटतर्फ अघि बढेपछि अधिकारीहरूले उच्च सतर्कता

दलित समुदायका थर सूचीकरणअघि मन्त्रालयले माग्यो सुझाव 

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा

बैतडीका १७८ जनाले घरमै पाए राहदानी

बैतडी– सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी

वाग्मती सफाइ अभियान : आज चार मेट्रिकटन नकुहिने फोहर संकलन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ