धरानका मेयरकाे अभिव्यक्तिको विरोध गर्दै पत्रकारले निकाले माैन जुलस « Khabarhub

धरानका मेयरकाे अभिव्यक्तिको विरोध गर्दै पत्रकारले निकाले माैन जुलस


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

इटहरी- धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङलाई कारवाहीको माग गर्दै सुनसरीका पत्रकारहरूले मौन जुलुस निकालेका छन् ।

समाचारको बिषयलाई लिएर पछिल्लो समय मेयर साम्पाङले पत्रकारहरूलाई धम्की दिएपछि धरानमा मौन जुलुस निकालिएको हो । मेयरका कारण सुनसरीका पत्रकारहरू असुरक्षित रहेको भन्दै उनीहरूले जुलुस निकालेका हुन् ।

मेयर साम्पाङले पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र गोपाल दाहाललाई सार्वजनिक रूपमा धम्कीसँगै, गृहमन्त्री रमेश लेखकलाई पत्र लेखेर कारबाही माग गरेपछि सुनसरीका पत्रकार आक्रोशित भएका हुन् ।

पत्रकार महासंघको नेतृत्वमा भानुचोकबाट निस्किएको जुलुस कलेज रोड, छाता चोक हुँदै धरान उपमहानगरपालिकाको मुख्य गटमा पुगेर साम्पाङका अराजक गतिविधि नियन्त्रण गर्न माग गरिएको थियो ।

समाचार लेखेकै कारण पटकपटक शृङ्खलावद्ध धम्की दिँदा समेत साम्पाङलाई कुनै कारवाही नभएको भन्दै पत्रकार महासंघ आन्दोलनमा उत्रनु परेको पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाले जानकारी दिए ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  १ : ४२ बजे

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती