वीरगञ्जमा स्वास्थ्य जाँच गर्दा रविलाई उच्च रक्तचाप « Khabarhub

वीरगञ्जमा स्वास्थ्य जाँच गर्दा रविलाई उच्च रक्तचाप


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- पर्साको वीरगञ्ज पुर्‍याइएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्य जाँच गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा चिकित्कहरूले सोमबार अपराह्न स्वास्थ्य जाँच गरेका हुन् ।

वीरगञ्जको नारायणी अस्पतालबाट आएका स्वस्थ्यकर्मीहरूले सभापति लामिछानेको स्वस्थ्य जाँच गर्दा उच्च रक्तचाप देखिएको हो ।

परीक्षणका क्रममा रविको रक्तचाप बढेको पाइएको छ । रक्तचाप बढेर १६०/११० पुगे पाइएको जिल्ला प्रहरी कार्यालय पर्सा स्रोतले जानकारी दिएको छ ।

स्वास्थ्य जाँचपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ । उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगेर बयान लिने तयारी भएको छ।

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका रास्वपा अध्यक्ष लामिछानेलाई सोमबार काठमाडौं ल्याएर पर्सा लगिएको छ ।

वीरगञ्जस्थित हाम्रो सानो पाइला सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा बयानका लागि सोमबार पोखराबाट काठमाडौं हुँदै रविलाई पर्सा लगिएको हो ।

हाम्रो साइनो पाइला सहकारी संस्थाको ३३ करोड ५० लाख ७० हजार ४२७ रुपैयाँ ठगी भएको भनेर उजुरी परेपछि गत मंसिर १९ गते लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ६ : ३४ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका