भारतीय दूतावासलाई २० करोड खर्च गर्न दिने सम्झौता राष्ट्रघात : सचेतक बर्तौला « Khabarhub

भारतीय दूतावासलाई २० करोड खर्च गर्न दिने सम्झौता राष्ट्रघात : सचेतक बर्तौला


२५ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले भारतीय दूतावासलाई नेपालमा सिधै २० करोड रुपैयाँ खर्च गर्न दिने सम्झौता राष्ट्रघात भएको बताएका छन् ।

आज सिंहदरबारमा बसेको कानुन,न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सरकारले गरेको सम्झौता संविधानको धारा ५ बमोजिम नरहेको दाबी गरे ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गर्दै भने, ‘नेपालको संविधानको धारा ५ बमोजिमको अहिलेको सम्झौता हो ? नेपालको स्वाधिनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रता, स्वाभिमानलाई जोगाउने गरी यो सम्झौता भएको छ र यो कुरा ठोकुवाका साथ भन्न सक्नुहुन्छ ? सम्झौतप्रति तपाई गर्व गर्दै हुनुहुन्छ तर यो सम्झौताले राष्ट्रघात भएको छ । स्वाभिमानको जरा काट्ने काम भएको छ ।’

यो सम्झौताले नेपालको स्वाधिनता, सार्वभौम सत्ता, राष्ट्रिय स्वतन्त्रता, स्वाभिमानप्रति बेइमानी गरेको सचेतक बर्तौलाले बताए । भारत सरकारसँग भएको सम्झौताको प्रतिलिपी सांसदहरूले पाउनुपर्ने उनको माग छ ।

 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  २ : १२ बजे

रसुवागढी हाइड्रोको टनेलमा २७५ मिटरसम्म पुगेर खोजी, उद्धार प्रयास जारी

काठमाडौं – बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई

राहत र उद्धारमा छैन माथिदेखि तलैसम्म समन्वय, बालेनले संसद्‍मा सुनाए हुँदै नभएका कुरा

काठमाडौं– रसुवागढी नाकास्थित नेपाल–चीन सीमामा गत बुधबारको भयानक बाढी-पहिरोबारे प्रधानमन्त्री

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बिटिएस साइट सञ्चालन

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बाढी प्रभावितलाई राहत सहयोग

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी

‘जलवायु परिवर्तनकै कारण भोटेकोशीमा निम्तियो विनाशकारी बाढी’

यही भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट