क्षयीकरण पथमा प्रचण्ड, अघिल्ला कार्यकाल भन्दा कम मत ! | Khabarhub Khabarhub

क्षयीकरण पथमा प्रचण्ड, अघिल्ला कार्यकाल भन्दा कम मत !



काठमाडौं – तेस्रो पटक विश्वासको मत लिन लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ र चैत ६ को भन्दा कम विश्वास संसदबाट प्राप्त गर्ने देखिएको छ ।

प्रचण्डको पक्षमा हालसम्म एमाले ७७ माओवादी ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २१ जनता समाजवादी पार्टी १२ र नेकपा एकीकृत समाजवादीको १० मत निश्चित छ । यसाे हुँदा प्रचण्डकाे पक्षमा जम्मा मत १५२ हुन जान्छ ।

प्रचण्डले अन्य साना दल समेट्ने प्रयास त गरेका छन् तर सफलता हात लाग्ने सम्भावना न्यून छ। हालसम्मको नतिजाले प्रचण्ड सरकारको विपक्षमा १ सय १७ मत देखिन्छ । जसमा नेपाली कांग्रेस ८८, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उत्थान पार्टी ३, जनमत ६ र अन्य साना दलको २ मत छ । यस्तै पाँच स्वतन्त्र सांसदले पनि कसलाई साथ दिन्छन्, त्यसको स्पष्ट चित्र आएको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत प्राप्त गर्दा ०७९ चैत ६ गते पक्ष १७२ र विपक्षमा ८९ मत खसेको थियो । यस्तै दिन्नँ भन्नेमा एक मत खसेको थियो ।

प्रचण्डले पहिलो पटक ०७९ पुस २६ मा भने कांग्रेस र एमालेसहित २६८ मत पाएका थिए । त्यो बेला  सिङ्गो हाउस नै उनको पक्षमा उभिएको थियो । दुई जनाले मात्र विपक्षमा मत हालेका थिए ।

यसो हुँदा पाँच दलीय गठबन्धनले मात्र प्रचण्डलाई विश्वासको मत दिएको अवस्थामा उनले लिएको तेस्रो पटकको विश्वासको मतमा आएको परिणाम सबैभन्दा कम हो । पहिलो पटक २६ गते पाएको मत भन्दा दोस्रो पटक ६ गते पाएको मत ९६ ले कम थियो । यस्तै दोस्रो पटक पाएको मत भन्दा तेस्रो पटक पाउने मत २० मतले कमी देखिएको  छ ।

प्रतिपक्षी कांग्रेस र नेकपा एकीकृत समाजवादीले विपक्षमा नै भए पनि पुस २६ गते प्रचण्डलाई विश्वासको मत दिएका थिए । तर अब यो गल्ती नदोहोर्‍याउने कांग्रेस नेताको भनाइ छ । कांगेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले भने, ‘अब पनि प्रचण्डलाई चिन्न बाँकी छ र ?’ उनी थप्छन्– यो पटक कांग्रेसले दोहोर्‍याउँदैन ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । राप्रपा  सचेतक ज्ञानेन्द्र शाहीले भने, ‘धोका, घमण्ड र सत्ता लिप्सा हुन प्रचण्ड भनेर हामीले चिनिसक्यौँ । सहकार्य हुँदैन । सरकार पनि धेरै दिन टिक्दैन ।’

शनिवार सिंहदरबारमा माओवादी संसदीय दलको बैठक बसेर प्रचण्डले ३० गते विश्वासको मत लिने सल्लाह गरेका छन् । यसका लागि आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र अन्य दलका नेतासँग छलफल गरेर निर्णय लिने प्रचण्डको तयारी छ ।

संविधानको धारा ७६ (८) मा ‘निर्वाचन अन्तिम परिणाम घोषणा वा प्रधानमन्त्री पद रिक्त भएको मितिले ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिको प्रक्रिया समाप्त गर्नुपर्ने’ व्यवस्था छ ।

यसो हुँदा प्रचण्डले चैत २१ सम्ममा विश्वासको मत लिनुपर्ने हुन्छ । सरकार गठनका लागि बहुमत सदस्य १ सय ३८ आवश्यक हुन्छ । त्यो मत प्रचण्डको पक्षमा छ । तर उनको पक्षकाे शक्ति भने निरन्तर ओरालो लागेको देखिन्छ ।

याे पनि…

चिनौं प्रचण्डको क्याबिनेटका दशथरी मन्त्री !

प्रचण्डको चक्रब्यूहमा एमाले सफल, कांग्रेसलाई धोका

 

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ४ : ४८ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही