इरानमा आक्रमण गर्ने इजराइलको चेतावनी « Khabarhub

इरानमा आक्रमण गर्ने इजराइलको चेतावनी


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम – इजराइलका विदेशमन्त्रीले बुधबार इरानले इजराइलविरुद्ध आक्रमण गरे आफ्नो सेनाले सिधै इरानमाथि आक्रमण गर्ने चेतावनी दिएका छन् । सिरियामा इरानको वाणिज्य दूतावासमा भएको विस्फोटमा इरानका जनरलहरूको मृत्यु भएपछि दुवै प्रतिद्वन्द्वी शक्तिबीच तनाव बढेको छ ।

विदेशमन्त्री इजराइल काट्जले फारसी र हिब्रू दुवै भाषामा सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्, “यदि इरानले हाम्रो क्षेत्रमा हमला गर्यो भने इजराइलले जवाफ दिनेछ र इरानमाथि आक्रमण गर्नेछ ।”

इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीले यसै महिनाको प्रारम्भमा दमास्कसमा आफ्नो वाणिज्य दूतावासमा भएको हमलामा इजराइलविरुद्ध जवाफी कारवाही गर्ने वाचा दोहोर्याएपछि विदेशमन्त्रीको यस्तो टिप्पणी आएको हो ।

इरानले १२ जनाको मृत्यु हुनेगरी वाणिज्य दूतावासको भवन ध्वस्त पार्ने हमलाका लागि इजराइललाई दोष दिएको छ । इजराइलले आफ्नो संलग्नतालाई अस्वीकार गरेको छ । यद्यपि इजराइलले आक्रमणका लागि इरानी प्रतिक्रियाको तयारी गरिरहेको छ । यो उनीहरूबीच लामो समयदेखि जारी छाया युद्धमा महत्त्वपूर्ण वृद्धि हो ।

खमेनीले मुसलमानहरूको पवित्र महिना रमजानको अन्त्यको उत्सव मनाउने प्रार्थना समारोहमा हवाई हमला ‘गलत’ थियो भन्दै यो इरानी क्षेत्रमा हमला गरिएको जस्तै भएको बताए । इरानी राज्य टिभीमा प्रसारित टिप्पणीमा उनले भने, “उनीहरूले हाम्रो वाणिज्य दूतावास क्षेत्रमा हमला गर्दा हाम्रै क्षेत्रमा हमला गरेको जस्तो भएको छ, दुष्ट शासनलाई दण्डित गरिनुपर्छ र उसलाई दण्डित गरिने छ ।”

काट्ज र खमेनी दुवैले कस्तो प्रकारको जवाफी कारवाही गर्ने भन्नेबारे विस्तारमा बताएका छैनन् । अप्रिल १ मा भएको विस्फोटमा मारिएका १२ जनामा सात इरानी रिभोल्युसनरी गार्डका सदस्य, चार सिरियाली र एक हिज्बुल्लाह मिलिसिया सदस्य थिए ।

खमेनीले गाजामा हमासविरुद्धको युद्धमा इजराइलको समर्थन गरेकामा पश्चिम विशेषगरी अमेरिका र बेलायतको पनि आलोचना गरे । “उनीहरूले यो प्रकोपमा इजराइललाई रोक्नेछन् भन्ने अपेक्षा गरिएको थियो, उनीहरूले त्यसो गरेनन्, पश्चिमी सरकारहरूले आफ्नो कर्तव्य पूरा गरेनन्”, उनले भने ।

इरानले प्यालेस्टिनी हमास र लेबनानी हिज्बुल्लाहजस्ता इजराइलविरोधी समूहहरूलाई समर्थन गर्दछ । उसले इजराइललाई मान्यता दिँदैन ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ८ : ३७ बजे

हाकुवासीको पीडा : भूकम्पले उठिबास, बाढीले सर्वनाश

नुवाकोट– रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्डे, सातविसे र नौबिसेमा अहिले बस्ती

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन गरेका

ग्लोबल साउथ ‘नियम निर्माण गर्ने’ भूमिकामा पुग्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ- नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक अहिले

अर्थसहित तीवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।