गृहमन्त्रीको बचाउ गर्दै ओलीले भने, ‘उजुरी पर्दैमा छानबिन गर्ने हो भने सबैका विरुद्ध पर्छ’  « Khabarhub

गृहमन्त्रीको बचाउ गर्दै ओलीले भने, ‘उजुरी पर्दैमा छानबिन गर्ने हो भने सबैका विरुद्ध पर्छ’ 


२८ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति बनाएपछि राजीनामाको खेल सुरु हुने भन्दै संसदीय समिति आवश्यक नभएको बताए ।

एमाले संसदीय दलको बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले कांग्रेसले भने जस्तो संसदीय समिति बनाए पुनः कांग्रेसले राजीनामा माग्ने तर्क गरे ।

उनले भने, ‘हामीले रविजीको राजीनामा मागेका छैनौँ भन्नु भएको छ । अहिले समिति बनिसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ ? छानबिन समिति बनाए लगतै राजीनामाको खेल सुरु गर्नु हुन्छ ।’

उनले उजुरी पर्दैमा छानबिन गर्ने हो भने सबैका विरुद्ध उजुरी पर्ने बताए ।

उनले अगाडि भने, ‘सहकारीको अवस्थामा के छानबिन गर्ने ? बेथिति भएको छ छैन भन्दा छ, लगानीकर्ता डुबाइएको छ कि छैन भन्दा छ ?’ उनले भने, ‘अब रिसर्च के गर्ने ? सरकारले कदम चाल्न पर्‍यो कसरी समस्या समाधान गर्ने ।’

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १ : ५५ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष