भारतमा भित्रियो ८० अर्ब ९० करोड प्रत्यक्ष वैदेशिक लगानी « Khabarhub

भारतमा भित्रियो ८० अर्ब ९० करोड प्रत्यक्ष वैदेशिक लगानी


२८ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आर्थिक वर्ष सन् २०२३–२४ मा भारतमा ७० अर्ब ९० करोड डलर बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार भारतमा गत वर्षको अक्टोबर महिनामा ६ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । 

त्यसैगरी, यसै वर्षको जनवरी महिनामा ५ अर्ब ९० करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको भारतीय आर्थिक अनलाइन इकोनोमिक टाइम्सले जनाएको छ । आर्थिक वर्ष २०२३-२४ मा निर्माणको क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी दोब्बरले बढेको छ ।

सन् २००० अप्रिलदेखि २०२४ मार्चसम्म भारतमा ९ खर्ब ९० अर्ब प्रत्यक्ष लगानी भित्रिएको छ । यो अवधिमा भारतमा सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी मौरिससबाट भित्रिएको छ । मौरिससबाट प्रत्यक्ष वैदेशिक लगानीको २५ प्रतिशत भित्रिएको जनाइएको छ । त्यसपछि सिंगापुरबाट २४ प्रतिशत भित्रिएको छ । 

अमेरिकाबाट भारतमा १० प्रतिशत, नेदरल्याण्ड्सबाट ७ प्रतिशत र जापानबाट ६ प्रतिशत लगानी भित्रिएको छ ।

आर्थिक वर्ष २०२३–२४ मा भारतको महाराष्ट्र राज्यमा सबैभन्दा धेरै ३० प्रतिशत लगानी भित्रिएको छ । त्यसपछि कर्णाटक मा २२ प्रतिशत र गुजरातमा १७ प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २८ जेठ २०८१, सोमबार  ५ : ०३ बजे

दोलखामा गर्माउँदै चुनावी माहौल, कांग्रेसका शिवाकोटीलाई पहिलो अवर

दोलखा– दोलखामा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी

माछापालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी

कैलाली– यहाँको कैलारी गाउँपालिका-५ गोबरेलाका किसान सनोज चौधरीले माछापालन व्यवसायबाट

जब सुदन गुरुङले भीमसेन थापालाई ‘मतियार’ भने…

काठमाडौं- गत भदौ २३ गते माइती घरबाट जेन-जी आन्दोलन सुरू

फागुन पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम

दमौली– फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

भारतमा निपाह बढ्दै गएपछि नेपालले जारी गर्‍यो आपतकालीन स्वास्थ्य निर्देशिका

काठमाडौं– भारतका केही राज्यमा निपाह भाइरसको संक्रमण बढ्दै जाँदा नेपालमा