मुकुल ढकालले पत्रकार सम्मेलन गर्दै « Khabarhub

मुकुल ढकालले पत्रकार सम्मेलन गर्दै


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

रास्वपा केन्द्रीय समितिले हिजो उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट निष्काशित गरेपछि आज पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

ढकालले दिउँसो ३ बजे अनामनगरमा पत्रकार सम्मेलनका लागि सञ्चारकर्मीलाई बोलाएका छन् ।

पार्टीले जिम्मेवारीबाट हटाएपछि उनले आफूलाई रवि लामिछानेको क्लबबाट निकालिएको प्रतिक्रिया दिएका थिए । साथै उनले आफू रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने अभियानमा लाग्ने बताएका थिए ।

रास्वपाले ढकाललाई जिम्मेवारीबाट हटाए पनि त्यसमा पुनरावेदन गर्न ३५ दिनको समय दिइएको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  १० : ५० बजे

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने

‘मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ’

विराटनगर– मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की

चीनका कार्यवाहक राजदूत आएसँगै काठमाडौंमा विशेष कार्यक्रम

काठमाडौं– नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष