बंगलादेशमा हिन्दु तथा बौद्धमाथि भइरहेको हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन  « Khabarhub

बंगलादेशमा हिन्दु तथा बौद्धमाथि भइरहेको हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन 


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशमा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूमाथि जारी हिंसा विरुद्ध काठमाडौंको माइतीघर मण्डलामा एक व्यापक विरोध प्रदर्शन सम्पन्न भएको छ।

 राष्ट्रिय एकता अभियानको आयोजनामा सम्पन्न यस कार्यक्रममा विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको समन्वय अभियानका अध्यक्ष विनय यादवले गरेका थिए। प्रमुख वक्ताका रूपमा अभियानका वरिष्ठ नेता बीपी यादवले बंगलादेशमा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूमाथि भइरहेको हिंसालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने आवश्यकता औंल्याए। 

उनले भने, ‘धार्मिक असहिष्णुताको यो घटना मानवीय हकका लागि घातक हो। यसमा हाम्रो सरकारले पनि चुप लागेर बस्नु हुँदैन।’

विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारीले पनि बंगलादेशमा भइरहेको हिंसाको कडा निन्दा गर्दै नेपालका हिन्दूहरूले एकजुट भएर अन्तर्राष्ट्रिय दवाव सृजना गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘यो समय सबै हिन्दूहरू एक ठाउँमा उभिनुपर्ने बेला हो। हाम्रो धार्मिक सहिष्णुता र अस्तित्वमाथि खतरा मडारिरहेको छ।’

धार्मिक नेता केशव चौलागाईंले यस किसिमको हिंसा रोक्नका लागि अन्तर्राष्ट्रिय समुदायलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्ने बताए।

‘धर्मका नाममा भइरहेको यो हिंसालाई रोक्न हामी सबैले प्रयास गर्नुपर्छ। यो मानवता विरुद्धको अपराध हो,’ उनले भने।

यस विरोध कार्यक्रममा इस्कॉनका प्रतिनिधिहरू पनि सहभागी भएका थिए। उनीहरूले बंगलादेशमा भइरहेको धार्मिक हिंसालाई रोक्न अन्तर्राष्ट्रिय समुदायले कदम चाल्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रमका सहभागीहरूले बंगलादेशमा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूमाथि भइरहेको निरन्तर हिंसा र अत्याचारको कडा निन्दा गर्दै त्यसको तत्काल अन्त्यको माग गरे।

विरोध प्रदर्शनमा उपस्थित सबै वक्ताहरूले बंगलादेशमा जारी धार्मिक हिंसाको विरोधमा आवाज उठाउन आग्रह गरे र नेपालमा पनि हिन्दू धर्म र संस्कृति बचाउन सबैलाई एकजुट हुन आह्वान गरे। कार्यक्रममा सहभागीहरूले धार्मिक सहिष्णुताको महत्वलाई पुनः बलियो बनाउँदै आ(आफ्नो तर्फबाट योगदान दिने प्रतिज्ञा गरे।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ५ : १२ बजे

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने