पार्टी सक्षम र सबल बनाउन शुद्धीकरण अभियान आवश्यक : प्रचण्ड | Khabarhub Khabarhub

पार्टी सक्षम र सबल बनाउन शुद्धीकरण अभियान आवश्यक : प्रचण्ड


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई सक्षम र सबल बनाउनका लागि शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकमा वैचारिक, राजनीतिक र सांगठनीक विषयमा धारणा राख्दै प्रचण्डले संसदीय परिपाटीबाट प्रदूषित भएको भन्दै शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

बैठकमा प्रचण्डले विगतका अनुभवको अध्ययन गर्दै नयाँ बहसमा ध्यान दिनुपर्ने र नयाँ वैचारिक संश्लेषण गर्दै पार्टीलाई नयाँ ढंगले सुदृढीकरण गर्नुपर्ने धारणा राखे । थियो । त्यस्तै प्रचण्डले स्पष्ट नीति, योजना नयाँ कार्यक्रम सहित जनतामा जानुपर्नेमा जोड दिएको प्रवक्ता सापकोटाले बताए ।

कम्युनिष्ट बामपन्थीहरुलाई एकतावद्ध गर्नका लागि समाजवादी मोर्चामा आवद्ध दलहरुसंग कुराकानी भइरहेको भन्दै प्रचण्डले छिटै परिणाम निस्कने समेत धारणा राखेको सापकोटाले जानकारी दिए । बैठकमा प्रचण्डका साथै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन लगायत १३ जना सदस्यहरूले धारणा राखेको उनले बताए ।

बैठक आइतबार पुनः बस्ने सापकोटाले जानकारी दिए। जनपरिचालन, सङ्गठन निर्माण र विस्तार लगाएका एजेण्डमा केन्द्रीत माओवादीले स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । 

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ६ : २९ बजे

साम्बालाई मर्स्याङ्दी गाउँपालिकाको सम्मान

लमजुङ – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड

बाजुराकी पवित्राले बाटोमै जन्माइन् तेस्रो सन्तान

धनगढी – बाजुराको बुढीगंगा नगरपालिका ७ झालीकी पवित्रा ल्वारले बाटोमै

कैलालीमा रगत अभावपछि बिरामीको उपचारमा समस्या

कैलाली – कैलालीमा रगत अभाव भएपछि बिरामीको उपचारमा समस्या भएको

एमालेमा फर्किन ओलीले छेकेपछि शुक्रबार धारणा सार्वजनिक गर्दै पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं- नवीकरण गरिसकेको सदस्यतासमेत नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

मस्को – रुसको सुदूर पूर्वी दुर्गम क्षेत्रमा बिहीबार करिब ५०