नेपाल प्रहरी बौद्धिक क्षेत्रमा पनि सक्षम छ : महानिरीक्षक कुँवर « Khabarhub

नेपाल प्रहरी बौद्धिक क्षेत्रमा पनि सक्षम छ : महानिरीक्षक कुँवर


२६ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी कानुन कार्यान्वयनमा मात्रै नभई बौद्धिक क्षेत्रमा पनि त्यत्तिकै सक्षम रहेको बताएका छन् ।

नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आज प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानद्वारा लिखित ‘सादृश्य विम्ब’ कथासङ्ग्रह र ‘लेखान्त’ नाटक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले साहित्य लेखन कठिन परिश्रम गर्नुपर्ने क्षेत्र भएको बताए । 

साहित्यमा ज्ञान र क्षमताको साथै धैर्यताको पनि निकै आवश्यकता पर्ने बताउँदै उनले आम जनमानसमा रहेको प्रहरीप्रतिको लाठी र बन्दुक मात्र बोक्ने भन्ने परम्परागत बुझाइलाई चिर्न यस कृति प्रशंसनीय रहेको उल्लेख गरे ।

अहिलेको विद्यमान परिवेशमा प्रहरीको कार्यक्षेत्र शान्ति सुरक्षा अमनचयन कायम गर्ने, अपराध न्यूनीकरण र अनुसन्धान गर्ने तथा विविध प्रहरी कार्यद्वारा सुरक्षाको प्रत्याभूति प्रदान गर्नुका साथै प्रहरीमा बहुआयामिक प्रतिभासमेत हुन्छ भन्ने तथ्य आजको नाटक तथा कथासङ्ग्रहको लोकार्पणले प्रष्फुटित गरेको महानिरीक्षक कुँवरले उल्लेख गरे ।

वंश परम्परासम्बन्धी मोह, सामाजिक रूपान्तरण, नयाँ र पुरानो पुस्ताबीचको मानसिक मतभेदजस्ता सामाजिक विषयवस्तु समेटिएको लेखान्त नाटक तथा हालको सामाजिक एवं राजनीतिक वस्तुस्थितिमा आधारित ‘सादृश्य विम्ब’ सामाजका विविध पक्षहरूलाई उजागर गर्दै उनले नयाँ दृष्टिकोण प्रदान गर्ने र पाठकहरूको मन मस्तिष्कमा दीर्घकालीन प्रभाव पार्ने साहित्यिक सिर्जनका रूपमा रहने अपेक्षा लिएको बताए ।

उक्त अवसरमा प्राज्ञ डा. मधुसुदन गिरीले ‘सादृश्य विम्ब’ कथासङ्ग्रह र डा. भक्त राईले ‘लेखान्त’ नाटक कृतिको समीक्षा गर्दै कृतिमा समेटिएका विषयवस्तु एवं लेखकको लेखन कौशलताका बारेमा चर्चा गरेका थिए । 

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ७ : ४३ बजे

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने