दशैंका लागि असोज १३ गतेबाट सुकिला नोट साट्न सकिने  « Khabarhub

दशैंका लागि असोज १३ गतेबाट सुकिला नोट साट्न सकिने 


२५ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि दशैँलक्षित नोट सटही सुविधा खुला गर्ने भएको छ।  

दशैंमा सर्वसाधारणका लागि नयाँ नोट बाँड्दै आएको बैंकले  यस पटक भने  सुकिला नोट मात्रै दिने गरी सटही सुविधा खुलाउन लागेको हो। चाडपर्वलक्षित नोट सटही खुला गर्ने तयारी भइसकेको राष्ट्र बैंकले जनाएको छ ।

यस पटक दशैँलक्षित नोट सटही सुविधा असोज १३ देखि २२ गतेसम्मलाई खुलाउने मिति तय भएको छ । राष्ट्र बैंकले यसअघि दशैंमा साना तथा ठूला दरका गरी प्रतिव्यक्ति १८ हजार ५ सय नयाँ नोट दिँदै आएको थियो। 

यस पटक पनि सोही परिमाणमा सुकिला नोट वितरण गरिनेछ । राष्ट्र बैंकले खर्च कटौती गर्ने उद्देश्यले यसपालिको दशैँमा नयाँ नोट नछापेर सुकिला मात्रै वितरण गर्न लागेको हो।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  १ : ०३ बजे

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित