रौतहटमा स्कार्पियो दुर्घटना, ८ जनाको मृत्यु « Khabarhub

रौतहटमा स्कार्पियो दुर्घटना, ८ जनाको मृत्यु


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रौतहटको चन्द्रनिगाहपुरमा स्कार्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। घटनामा  पाँचजना घाइते भएका छन् ।

बाराको पाँचवर्षे गढीमाई मेलाबाट सिरहातर्फ जाँदै गरेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो चन्द्रनिगाहपुर–४ स्थित पूर्वपश्चिम राजमार्गमा रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । तीव्र गतिमा गुडेको स्कार्पियो सडक छाडेर जंगलतर्फ मोडिएको थियो ।

रौतहट प्रहरीका अनुसार मृत्यु हुनेमा सिरहाको अर्नामा गाउँपालिका– ३ का ६० वर्षीया लरुवदि देवी महरा, ३० वर्षीया उर्मिलादेवी महरा, ५० वर्षीया रामकुमारी देवी महरा, ५५ वर्षीया महङ्गी देवी महरा, ६२ वर्षीया फुलबन्ती देवी चमार, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा र स्कार्पियो चालक ४० वर्षीय शिव कुमार यादव रहेका छन्।

शव चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा राखिएको छ। घाइतेको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ९ : २१ बजे

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत