नेप्से लगातार ओरालो, कारोबार ४ अर्बमा सीमित « Khabarhub

नेप्से लगातार ओरालो, कारोबार ४ अर्बमा सीमित


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । नेप्सेसँगै करोबार रकममा पनि गिरावट देखिएको छ ।

मंगलबार नेप्से ६.३२ अंकले घट्दा कारोबार ४ अर्बमा सीमित भएको हो । आज नेप्से ०.२३ प्रतिशतले घटेर २६६९.८२ विन्दुमा पुगेको छ ।

प्रि–ओपन सेसनमा झिनो अंकले घटेर सुरु भएको नेप्से बजार बन्द हुँदा पनि घट्दा ४ अर्ब ४१ करोड ३३ लाख २०  हजार रुपैयाँ बराबरको ८७ लाख ६८ हजार ५६६ कित्ता शेयर कारोबार भएको छ ।

८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज दिनभर ३०३ वटा कम्पनी कारोबारमा आउँदा ५२ हजार ७०५ पटक शेयर किनबेच भएको छ । बजार घट्दा निफ्राको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

आज १३ समूह मध्ये ४ समूह बढेको छ भने ९ समूह घटेको छ । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन ०.३३ प्रतिशतले बढेर ६ हजार ७९७.८२ विन्दुमा पुगेको छ ।

त्यस्तै, होटेल तथा पर्यटन ०.२८ प्रतिशतले, लघुवित्त ०.१३ प्रतिशतले र ट्रेडिङ समूह ०.३० प्रतिशतले बढेको छ । सबैभन्दा बढी जीवन बीमा समूह १ प्रतिशतले घटेर १२ हजार ९७७.९१ विन्दुमा पुगेको छ ।

साथै, वाणिज्य बैंक समूह ०.१५ प्रतिशतले, विकास बैंक समूह ०.५२ प्रतिशतले, फाइनान्स ०.७१ प्रतिशतले, हाइड्रोपावर ०.३३ प्रतिशतले, लगानी ०.७९ प्रतिशतले, म्युचुअल फण्ड ०.१७ प्रतिशतले, निर्जीवन बिमा ०.१९ प्रतिशतले र अन्य समूह ०.१६ अंकले घटेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ३ : १९ बजे

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर