गृहमन्त्रीले भने- रविलाई दुर्व्यवहार भएको छैन, प्रचण्डले बोल्नु दुर्भाग्यपूर्ण
गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा रवि लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित गर्ने काम भइरहेको बताएका छन् ।
मंगलबार सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री लेखकले सहकारी प्रकरणमा अनुसन्धान हुँदै गर्दा जिल्ला प्रहरी र सरकारी वकीलको कार्यालय घेरेर अनुसन्धान प्रभावित गर्न खोजिएको बताएका हुन् ।
उनले रवि र रास्वपाका कार्यकर्ताले अनुसन्धानलाई प्रभावित पार्न यस्ता हर्कत गरेको पनि बताएका छन् । मन्त्री लेखकले लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार भएको भन्ने हल्ला गलत भएको बताए ।
उनले सबैको मानवअधिकारको प्रश्नमा सरकार गम्भीर रहेको भन्दै लामिछानेमाथि न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको उल्लेख गरेका छन् ।
रास्वपा सांसदहरूलाई सर्वोच्चले भन्यो-अवहेलना मुद्दामा किन कारबाही नगर्ने ?
विश्वविद्यालयका पदाधिकारीको नियुक्ति मेरिटोक्रेसीको आधारमै हुनुपर्छ : महर
कर्मचारीलाई मन्त्री यादवको निर्देशन-नागरिकप्रति उत्तरदायी भएर काम गर्नू
एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगार दिनुपर्छ : गगन थापा
महिला अधिकारमा मङ्गलादेवीको योगदान महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह
‘अग्रजहरूको योगदानबाट प्राप्त अधिकार सदुपयोग गर्नुपर्छ’
मानवअधिकार रक्षा गर्न सरकार प्रतिबद्ध : अर्थमन्त्री पौडेल
सरकारका गलत गतिविधिको सशक्त प्रतिवाद गर्छौं : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । चितवनको भरतपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।
सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा अघि बढिरहेको उल्लेख गर्दै उनले यसलाई रोक्ने होइन भने संसदको विशेष अधिवेशन बोलाउने र लाखौँ जनता सडकमा ल्याएर सदन र सडकबाट आन्दोलन अघि बढाउने बताए ।
राम्रो बन्दै गरेको विद्युत् प्राधिकरण, मेरिटोक्रेसीमार्फत सुधारको बाटोमा अघि बढेको त्रिभुवन विश्वविद्यालय आदिमा प्रहार गरेर सरकारले अराजकता निम्त्याउन खोजेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यस्ता हर्कत स्वीकार्य नहुने बताए ।
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबारदेखि
हाम्रो ध्यान जनतातिर छ, सरकारका कामको खबरदारी गरिरहन्छौं : प्रचण्ड
बाँकेमा मानवअधिकार सूचना तथा स्रोत केन्द्र
द्वन्द्वपीडितको अभिभावक भनेको सरकार : मुख्यमन्त्री आचार्य
नाबालिग बलात्कार आरोपमा पक्राउ परे बिर्तामोडका पूर्वमेयर शिवाकोटी
ओपनर नचल्दा पनि पोखराविरुद्ध कर्णाली ७ विकेटले विजयी
नेपाल प्रिमियर लिग अन्तर्गतको पोखरा एभेन्जर्सविरुद्धको खेलमा कर्णाली याक्सले ७ विकेटको सहज जित निकालेको छ ।
टस हारेर १०३ रनको लक्ष्यसहित जावाफि ब्याटिङमा उत्रिएको कर्णाली १५ ओभरमा लक्ष्य पूरा गरेको हो । कर्णालीले ३ विकेटको क्षतिमा १०६ रन बनायो ।
कर्णालीका ओपनर देव खनाल र बाबर हायत भने आजको खेलमा सस्तैमा पवेलियन फर्किएका थिए । उनीहरु दुवैले दोहोरो रन बनाउन सकेका थिएनन् ।
३० बल बाँकी रहेकै अवस्थामा कर्णालीले यसअघि पोखराबाट प्राप्त १०३ रनको चुनौतीलाई सजिलै आफ्नो पक्षमा पार्न सफल भएको हो । दुवै ओपनर सस्तैमा आउट भएपछि क्रिजमा गुलशन झा र चाडविक वाल्टनले कर्णालीलाई उकासे । उनीहरुले ६० रनको साझेदारी गरे ।
सोहल, नरेन र हर्शलाई पछि पार्दै कर्णालीका विलियमको कीर्तिमान
एनपीएल : लुम्बिनीविरुद्ध चितवन बलिङमा
चितवनका ढकालले एकै ओभरमा लिए लुम्बिनीको दुई विकेट
लुम्बिनीद्वारा चितवनसामु १६८ रनको लक्ष्य
लगातार हारेको लुम्बिनीले पहिलो जित निकाल्दा चितवन राइनोजलाई धक्का
बासिस्टोको बलिङसामु निरीह पोखरा, कर्णालीलाई १०४ रनको चुनौती
कर्णालीलाई सुरुवाती झट्का, चौथो ओभरमै दुई ओपनर आउट
कर्णालीविरुद्ध कुशल १० रनमै आउट, एनपीएलमा लगातार असफल
कप्तान रोहितको उत्कृष्ट लयले लुम्बिनीलाई राहत (तस्बिरहरू)
घाँसको डोको र ऊनीको टोपीबाट खुल्यो सुचिना हत्याको गुत्थी
गोरखाको बारपाक सुलिकोट गाउँपालिका-१ की १८ वर्षीया सुचिना घले यही मङ्सिर १५ गते घरबाट घाँस काट्न भन्दै मैखर्क जंगलतर्फ गइन् । धार्चे गाँउपालिका-६, कासीगाउँ माइती भएकी उनी फर्किएर नआएपछि घरमा खैलाबैला भयो ।
स्थानीय धनबहादुर गुरुङकी श्रीमती सुचिना हराएको भन्दै परिवारका सदस्यले प्रहरी चौकी बारपाक र इलाका प्रहरी कार्यालय जौबारीमा गुहार लगाए । गाउँले जुटेर खोजी गर्दा पनि नभेटिएपछि प्रहरी समेतको सहयोगमा मैखर्क जंगलमा सर्च अभियान चलाइयो ।
त्यस क्रममा इप्रका जौबारीबाट खटिएको प्रहरीसमेतले खोजतलासका क्रममा मैखर्क जंगलमा खाल्डो खनेर पुरेको अवस्थामा सुचिनाको शव मंसिर १८ गते दिउँसो सवा १ बजे फेला पर्यो ।
बारपाककी सुचिनाको हत्या : पक्राउ परे गाउँकै मनशमशेर गुरुङ
मुग्लिन–पोखरा सडक : रातिको अवरोध हट्यो
नारायणगढ–बुटवल सडक : म्याद थपिएको चार महिनापछि काम सुरु
रौतहटमा स्कार्पियो दुर्घटना, ८ जनाको मृत्यु
नारायणगढ–बुटवल सडक : म्याद थपिएको चार महिनापछि काम सुरु
भैरवी मन्दिर-धार्मिक पर्यटनको प्रमुख केन्द्र
अमेरिकामा अघिल्लो साता भएको सनसनीपूर्ण हत्याकाण्डका आरोपी पक्राउ
बुधबार अमेरिकाको न्युयोर्कमा युनाइटेड हेल्थ केयर इन्सुरेन्सको प्रमुख कार्यकारी ब्रायन थोम्सनको हत्याका आरोपित २६ वर्षीय युवा गिरफ्तार भएका छन्। अमेरिकामा नै हल्लीखल्ली मच्चिएको तथा संसारकै सञ्चार माध्यमा प्राथमिकता पाएको सो हत्याकाण्डका आरोपी लुइगी म्यानगियोनलाई अमेरिकी प्रहरीले पेनेसेल्भिनियाबाट हिरासतमा लिएको हो। उनलाई मंगलबार अदालतमा उपस्थित गराइने छ।
व्यक्तिगत रिसाइबिको कारण सो हत्या भएको जनाइएको छ। प्रहरीले पत्रकार सम्मेलन गर्दै उनी शङ्कास्पद केही नक्कली आइडी कार्ड थियो। प्रहरी अनुसार उनो साथमा बन्दुक र मास्क पनि थियो। आई भी लिग विश्वविद्यालयबाट कम्प्युटर साइन्समा ग्र्याजुएट उनी भिडियो गेम प्रोग्राम बनाउने एउटा क्लबमा आबद्ध थिए। हिल्टनमा होटेलमा थोम्सनलाई गोली प्रहार गरिए पनि प्रहरीले शङ्कास्पद व्यक्तिको निरन्तर खोजी गरिरहेको थियो।
सिरियामा सत्ता हस्तान्तरणको सहमतिस् राज्यको सेना विद्रोही पक्षमा आवद्ध हुने
श्रीलंका नौसेनाले पक्राउ गरेका २१ जना भारतीय मछुवा रिहा
भ्रष्टचार मुद्दामा बयान दिन इजरायली प्रधानमन्त्री अदालतमा
सुडानी सेनाको हवाई आक्रमणमा १०० भन्दा बढीको मृत्यु
भारतले सन् २०२६ देखि स्थानीय–मात्र सौर्य ऊर्जा सामग्रीहरू अनिवार्य गर्ने
सिङ्गापुरको तापक्रम ३६ डिग्री नाघ्यो
फ्रान्स र जर्मनीले सिरियाको नयाँ नेतृत्वसँग सहकार्य गर्ने
श्रीलंकाका नयाँ राष्ट्रपतिको पहिलो विदेश भ्रमण भारतमा
प्रतिक्रिया