आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि बाजुरामा भुकम्पसम्म | Khabarhub Khabarhub

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि बाजुरामा भुकम्पसम्म


२८ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा तीन प्रदेशका प्रदेश प्रमुख पदमुक्त, प्रधानमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप, राष्ट्रियसभा अध्यक्षका लागि कांग्रेसका शर्माले दिए उम्मेदवारी, गण्डकीमा राजनीतिक निकास दिन माओवादीको आग्रह, साइकल यात्रीलाई ठक्कर दिएको भन्दै बसमा आगजनी, बाजुराको जुगाडा केन्द्रबिन्दु भएर भूकम्प, ४१३ स्थानीय तहमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्प, दार्चुलामा भिरबाट लडेर घाइते भएका प्रहरीको मृत्यु, लिजेन्ड कप टी-१० को फाइनलमा पारसको टिमसँग रेस्ट अफ नेपालले खेल्नेलगायत रहनेछन् ।

तीन प्रदेशका प्रदेश प्रमुख पदमुक्त
सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले गण्डकीमा डिल्लीराज भट्ट, मधेशमा सुमित्रा भण्डारी र सुदूरपश्चिममा नजिर मियालाई प्रदेश प्रमुखमा मनोनयनका लागि सिफारिस गर्ने निर्णय भएको उनले बताइन् ।

उनले केन्द्र र प्रदेश सरकारलाई सहज ढंगले सञ्चालन गर्नका लागि उक्त निर्णय गरिएको जानकारी दिए । त्यस्तै बैठकले मन्त्रिपरिषद् अन्तर्गत बिभिन्न समिति गठन गरेको छ ।

प्रधानमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

राष्ट्रियसभा अध्यक्षका लागि कांग्रेसका शर्माले दिए उम्मेदवारी

जनअपेक्षा पूरा गर्न नयाँ गठबन्धन निर्माण : उद्योगमन्त्री भण्डारी

गण्डकीमा राजनीतिक निकास दिन माओवादीको आग्रह

नेपालमा सहायता बढाउन विश्व बैंकसँग आग्रह

राष्ट्रियसभा अध्यक्षमा माओवादीका दाहालको उम्मेदवारी

एमाले गोरखा जिल्ला अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी

पूर्व मन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

गठबन्धनमा समस्या थियो, एमालेले पहलकदमी लिएकाले नयाँ बन्यो : शंकर पोखरेल

साइकल यात्रीलाई ठक्कर दिएको भन्दै बसमा आगजनी
सर्लाहीमा साइकल यात्रुवाहक बसले एकजना साईकल यात्रीलाई ठक्कर दिँदा आक्रोशित स्थानीयले बसमा आगो लगाएर जलाएका छन् ।

नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा तर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले आज बिहान साढे १० बजे साइकल यात्री कविलासी नगरपालिका १० सलेमपुरका स्थानीय जुगल महतोलाई ठक्कर दिएको हो ।


दुर्घटनामा परेका महतो गम्भीर घाईते भएका छन्। घटना लगतै स्थानीयले बसमा आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनी बाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ।

गिद्ध जोगाउन रेस्टुराँ

बाँकेको डुडुवामा औलोको घरधुरी सर्भेक्षण

सुक्खा पहिरोले अवरुद्ध करिडोर सञ्चालन

रौतहटमा अब सहजै काठ खरिद गर्न पाइने

कमाउने थलो बन्दै मेला–महोत्सव

नुवाकोटमा सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट

बाजुराको जुगाडा केन्द्रबिन्दु भएर भूकम्प
बाजुरा जिल्लाको जुगाडा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ चार बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।


पछिल्लो समय नेपालको पश्चिमी क्षेत्रमा भूकम्प जाने क्रम जारी छ । नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।

४१३ स्थानीय तहमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न

रुसी सेनामा भर्ना भएका आठ जना सम्पर्कविहीन, खोजी गरिदिन परिवारको माग

दार्चुलामा भिरबाट लडेर घाइते भएका प्रहरीको मृत्यु

महासङ्घको पहलमा लगानी कम्पनी स्थापना हुने

लाइन काटिँदा उपभोक्ता खानेपानीबाट बञ्चित

लिजेन्ड कप टी-१० को फाइनलमा पारसको टिमसँग रेस्ट अफ नेपालले खेल्ने
लिजेन्ड कप टी–१० क्रिकेटको फाइनलमा रेस्ट अफ नेपाल र २०१४ विश्वकप टिम खेल्ने भएका छन् ।

पहिलो खेलमा १९९६ लेजेन्डलाई ५ विकेट पराजित गर्दै २०१४ विश्वकप टिम फाइनलमा पुग्दा रेस्ट अफ नेपालले रुपन्देही लिजेन्ड्सलाईलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।


रेस्ट अफ नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको रुपन्देही लिजेन्ड्स १० ओभरमा २ विकेट गुमाउँदै ७७ रन मात्र बनाउन सक्यो ।

रुपन्देहीमा एक्स्ट्राटेक लिजेन्ड कप टी-१० प्रतियोगिता सुरु

झापा गोल्डकपको उपाधि चर्च ब्वाईज युनाइटेलाई

चिसोका कारण ३९ लाखभन्दा बढी चौपायाको मृत्यु
मङ्गोलियामा यो वर्षको अत्यधिक चिसो हिउँदे मौसमका कारण मृत्यु हुने गाईवस्तुहरूको सङ्ख्या ३९ लाख २५ हजार ७३४ पुगेको यहाँको राष्ट्रिय विपत् आयोग (एसईसी) ले जनाएको छ ।

मङ्गोलियाका २१ प्रान्तहरूमध्य पूर्वी सुखबातर प्रान्तमा स्थानीय भाषमा ‘जुड’ भनिने कडा चिसोबाट सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ११ लाखभन्दा बढी गाईवस्तुहरूको मृत्यु भएको एसईसीले जनाएको छ ।

चिसोका कारण हिउ पर्ने र जमिन जमेको हिउँले ढाकिएको कारण ठूलो सङ्ख्यामा प्राणीहरू मर्छन् ।

दक्षिण कोरियाको बेरोजगारी दर १३.३ प्रतिशत घट्यो

दक्षिण कोरियामा करिब पाँच हजार चिकित्सकको लाइसेन्स निलम्बन गर्ने सरकारको चेतावनी

इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार  ७ : ५८ बजे

कुलमानले लाइन काट्दा प्रधानमन्त्री र ऊर्जामन्त्री तमासे

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले बिहीबार राति ३४ उद्योगमा बिजुलीको

रास्वपा नेताहरूलाई सहकारी पीडितको प्रश्न- हामीले दुई वर्षदेखि हारगुहार गर्दा कहाँ हुनुहुन्थ्यो ?

काठमाडौं–संसदीय छानबिन समितिले प्रतिवेदन बुझाइसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा केन्द्रित

ओली, देउवा र प्रचण्डबाट पार लाग्दैन

राजनीति भनेको संकट र समाधान दुवै हो । देशले संविधानसधभाबाट

‘राजनीतिक स्थिरता र आर्थिक समृद्धि ल्याउन कांग्रेस-एमाले मिलेका हुन्’

काठमाडौं- उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम

चीनको युन्नान प्रान्तद्वारा ललितपुरलाई सामुदायिक बाथरुमसहितको परियोजना हस्तान्तरण

काठमाडौं– चीनको युन्नान प्रान्तले ललितपुर महानगरपालिकालाई जनकल्याणकारी परियोजना हस्तान्तरण गरेको