प्रधानमन्त्रीबाट इद पर्वको शुभकामना | Khabarhub Khabarhub

प्रधानमन्त्रीबाट इद पर्वको शुभकामना


२९ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) को अवसरमा नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले आज शुभकामना सन्देश जारी गर्दै इस्लाम धर्मावलम्बीको महान् पर्व इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका हुन् ।

उनले आपसी सद्भावको चाडको रुपमा मनाइने इदले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने तथा राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्न राष्ट्रिय अभियानका साथ प्रेरणा मिल्ने विश्वाससमेत लिएका छन् ।

‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति इदलगायतका पर्व कुनै समुदाय विशेषका मात्र नभएर राष्ट्रिय पर्वका रुपमा स्थापित भएका छन्’, प्रधानमन्त्री दाहालको शुभकामना सन्देशमा उल्लेख छ ।

उनले हरेक चाडपर्वको आफ्नो ऐतिहासिक र विशिष्ट महत्व हुने उल्लेख गर्दै मानव जातिले जीवन वृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्व विकसित र स्थापित हुँदै आएको बताए ।

नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सवलीकृत तुल्याउन इद पर्वको महत्वपूर्ण भूमिका रहँदै आएको र मान्यजनबाट आशीर्वाद लिने तथा आफ्नो आम्दानीको केही अंश दान गर्नुपर्ने धार्मिक मान्यताले नेपाली समाजलाई सहयोगी तथा मानवीय बन्न उत्प्रेरित गरेको प्रधानमन्त्री दाहालको सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार  ६ : ५८ बजे

पर्साको ठोरीमा पाटे बाघ मृत भेटियो

पर्सा– पर्साको ठोरी गाउँपालिका-४ मालीबस्तीनजिकै भारततर्फ जाने बाटोमा मृत अवस्थामा

जनकपुरमा रेल र कार ठोक्किए

महेन्द्रनगर– जनकपुरधाम उपमहानगरपालिका-९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आज बिहान रेल

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता

कृषि विकास बैंकको नाफा बढ्यो

काठमाडौं– कृषि विकास बैंकले अघिल्लो आर्थिक वर्ष (आव) ०८०-८१ को

गाजा कब्जा योजनाविरुद्ध इजरायलमा व्यापक प्रदर्शन

एजेन्सी – गाजापट्टी कब्जा गर्ने इजरायली सरकारको योजनविरुद्ध जेरुसेलममा प्रदर्शन