रौतहटमा बाढीपहिरो लगायत विपद्‌मा परी ३८ जनाको मृत्यु « Khabarhub

रौतहटमा बाढीपहिरो लगायत विपद्‌मा परी ३८ जनाको मृत्यु


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

रौतहट–  रौतहटस्थित विपद्को घटनामा परेर १ वर्षमा ३८ जना मानिसको मृत्यु भएको छ भने एक जना बेपत्ता रहेका छन् । बाढीपहिरोमा परी ५० बढी घाइते  भएका छन् ।

गत आर्थिक वर्ष २०८०/०८१ मा विपद्जन्य घटनामा परेर ३८ जनाले ज्यान गुमाउनुका साथै करोडौंको क्षति भएको हो ।

एक वर्षमा सब भन्दा बढी मानिसको पोखरीमा डुबेर मृत्यु भएको हो । पोखरीमा डुबेको ३७ वटा घटनामा महिला, पुरुष बालबालिका गरी २२ जनाको मृत्यु र ८ जना घाइते भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छन् ।

त्यस्तै २१९ वटा आगलागीको घटनामा परेर ४ जना मानिसको मृत्यु हुनुका साथै १८ जना मानिस घाइते भएका थिए । आगलागीमा परेर सोही अवधिमा ८७ चौपायाको मृत्यु र २२ चौपाया घाइते भएका थिए। आगलागी बाट १४ पक्की घर,९१ कच्ची घर,११ सार्वजनिक घर,१० गोठ र घरभित्र रहेको अन्नपात, लत्ताकपडा तथा घर गरी कुल १४ करोड,४१ लाख,१२ हजार,२३२ रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्याङकमा उल्लेख गरिएको छ।

त्यसैगरी अविरल वर्षा सँगै १४ वटा विभिन्न नदी खोलामा आएको बाढीमा परी २ जनाको मृत्यु १ बेपत्ता,३३ घरमा प्रभाव गरी कुल १० लाख २५ हजार बराबरको क्षति भएको थियो। गत आर्थिक वर्षमा ३५ वटा करेन्ट लागेको घटनामा परेर ४ जनाको मृत्यु हुनुका साथै २१ जना मानिस घाइते भएका थिए।

सोही अवधिमा घर पालुवा तथा जंगली जनावरको ९ वटा आक्रमणको घटनामा परेर २ जना मानिसको मृत्यु र १४ जना घाइते भएको तथ्यांकमा उल्लेख गरिएको छ। त्यस्तै ३ वटा चट्याङको घटनामा २ जनाको मृत्यु १ घाइते र सर्प दंश बाट २ जनाको मृत्यु भएको थियो। गत आर्थिक वर्षमा कुल ३२५ वटा भएको बिपद्जन्य घटनाबाट १२ करोड ५७ लाख,८९ हजार,७३२ बराबरको क्षति,२ हजार ७२ परिवार प्रभावित भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।

उक्त घटनामा राहत तथा उद्धारको लागि ३ हजार २१० प्रहरी जनशक्ति परिचालन गरिएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ। गत आर्थिक वर्षमा  जिल्ला बिपद् व्यवस्थापन समिति एवं जिल्ला प्रशासन कार्यालयबाट ४ जना मृतकको परिवार लगायतका गरी कुल ३० लाख रुपैयाँ राहत स्वरुप वितरण गरिएको सिडिओ हिरालाल रेग्मीले जानकारी दिएका छन्।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  २ : १२ बजे

इङ्ग्ल्यान्ड-अर्जेन्टिना सेमिफाइनल प्रतिस्पर्धा ‘उच्च जोखिम’को, खेल नहुँदै फकल्याण्ड द्वीपसम्बन्धी झण्डा प्रदर्शन

काठमाडौं– फिफा विश्वकपअन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने सेमिफाइनल खेललाई प्रतियोगिताकै

उपत्यकाका अस्तव्यस्त तार साउन दोस्रो साताभित्र व्यवस्थापन गरिसक्न निर्देशन

काठमाडौं– काठमाडौं उपत्यकामा वर्षौंदेखि सडकका पोलमा गुजुल्टो परेर लत्रिएका तथा

स्पेनसँग हारेसँगै प्रशिक्षकमाथि खनिए एमबाप्पे, रणनीति बनाउन चुक्दा नतिजा उम्किएको गुनासो

काठमाडौं- फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकपको सेमिफाइनलमा स्पेनसँग पराजित

कुवेत र बहराइनद्वारा इरानी हवाई आक्रमण विफल पारेको दाबी

एजेन्सी- कुवेत र बहराइनले बुधबार इरानबाट गरिएका हवाई आक्रमणहरू आफ्नो

शक्तिशाली सरकारको बजेट र मौद्रिक नीतिले व्यवसायिक विश्वास फर्काउन सकेन

आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले ल्याएको यो बजेटले व्यावसायिक