भारतीय विदेश सचिवसँग राष्ट्रपतिले भने- जलवायु परिवर्तनको असर कम गर्न मिलेर अघि बढौँ « Khabarhub

भारतीय विदेश सचिवसँग राष्ट्रपतिले भने- जलवायु परिवर्तनको असर कम गर्न मिलेर अघि बढौँ


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको सो भेटमा द्विपक्षीय आपसी हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल–भारत मिलेर काम गर्नुपर्ने बताए । ‘हिमाल र पानीको सुरक्षा नै मानवजातिको सुरक्षा निर्भर रहेको हुनाले जलवायु परिवर्तनको असर न्यूनीकरणमा दुवै देश मिलेर काम गर्न जरुरी छ’, राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

राष्ट्रपति पौडेलले नेपाल–भारतबीच अनादिकालदेखि जनस्तरसम्मको सम्बन्ध रहेको र नेपालको विकासमा भारतको ठूलो सहयोग रहेको उल्लेख गर्दै सचिव मिस्रीको कार्यकालमा दुवै देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले आपसी हित र समृद्धिका लागि दुई देशबीचको मित्रता र सहकार्य अझ मजबुत बनाउनुपर्छ भन्ने लागेको छ भन्दै कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत्, व्यापार, लगानी, पर्यटन तथा मानवसंशाधन विकास नेपालको प्राथमिकता रहेको बताएको उनका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए।

राष्ट्रपति पौडेलले नेपालमा जलविद्युत् विकास, दिगो एवं सहज ऊर्जा व्यापारका लागि प्रशस्त सम्भावना रहेको उल्लेख गरे  ।

सो अवसरमा भारतीय विदेश सचिव मिस्रीले जलवायु परिवर्तनको असर न्यूनीकरणको विषय दुवै देशका लागि चुनौती रहेकाले यसमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल सरकारका कैयौँ योजनामध्ये ऊर्जा, कृषि, पर्यटनजस्ता नेपालको प्राथमिकतामा भारत पनि काम गर्न इच्छुक रहेको उनले बताए । उनले काम अगाडि बढिरहेका आयोजना यथाशीघ्र सम्पन्न गरेर नयाँ र प्राथमिकताका क्षेत्रमा काम गर्न भारत इच्छुक रहेको पनि जानकारी दिए ।

नेपाल–भारतबीचको सम्बन्ध जति सुमधुर हुन्छ त्यति नै दुवै देशका जनताको हित हुने उल्लेख गर्दै विदेश सचिव मिस्रीले भारतले स्थिर, शान्त र समृद्ध नेपाल हेर्न चाहेको पनि प्रस्ट पारेको प्रेस सल्लाहकार पोखरेलले बताए ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ४ : ४७ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले